PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सची पौडेल भइन् 'मिस एभिएसन क्विन–२०१८'



पहिलोपोस्ट

सची पौडेल भइन् 'मिस एभिएसन क्विन–२०१८'

काठमाडौं: ललितपुरकी सची पौडेलले 'मिस एभिएसन क्विन–२०१८' को उपाधि जितेकी छिन्। १८ जना प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधिसँगै एउटा एयरलाइन्स कम्पनिमा एयर होस्टेसको जागिर पाएकी छिन्।  

टच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्मसले आयोजना गरेको प्रतियोगितामा पूनम लिम्बुले फस्ट रनर अपको उपाधि जितिन्। त्यस्तै प्रतियोगितामा सुमी पोर्टेल सेकेण्ड रनर अप, दीपिका पाठक थर्ड रनर अप र नेहा चौधरी फोर्थ रनर अप भइन्।

प्रतियोगितामा एयर होस्टेसको प्रशिक्षण लिएका तथा लिइरहेका १९ जना युवतीहरुले प्रतिस्पर्धा गरेका थिए। एसराज गराच र तेन्जु योञ्जन प्रतियोगिताका कोरियोग्राफर थिए।

प्रतियोगितामा कविता घलले बेस्ट स्पिच, पुनम लिम्बुले बेस्ट सिंगर, श्रेया सिंह ठकुरीले बेस्ट डान्सर, रिजा उदयले एक्स्ट्रा ट्यालेन्ट, सची पौडेलेले मिस ट्यालेन्ट, लक्ष्मी तामाङले मोस्ट पपुलर, छुनु सेन्चुरीले मोस्ट पपुलर अन इन्टरनेट, नेहा चौधरीले भ्युअर्स च्वाइस, दीपिका पाठकले बेस्ट पर्सनालिटी, नेहा चौधरीले बेस्ट स्माइल, सुमी पर्तेलले मिस फोटोजेनिक, यान्जिला शेर्पाले मिस ब्युटिफूलको उपाधि जिते।

त्यस्तै, बबिना अर्जेलले मिस चार्मिङ, अलिशा चौलागाईंले मिस फ्रेण्ड्ली, अनिशा न्यौपानेले मिस डिसेन्ट, कृती खत्रीले मिस इनर्जेटिक, रीया भारतीले बेस्ट परफमर र मोस्ट कन्फिडेन्ट, एन्जिमा शेर्पाले मिस इन्टेलिजेन्ट, दिक्षा चौधरीले मिस क्याटवाक तथा आँचल खड्काले मिस डाइनामिकको उपाधि जिते।

हास्य कलाकार गोपाल ढकाल (छन्दे)ले प्रतियोगितामा प्रस्तुती दिएका थिए। प्रतियोगितामा अभिनेता सुनिल थापा, मिस नेपाल २००० उषा खड्गीलगायत अन्य निर्णायक थिए।



 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell