PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

आइएमई नेपाल लिटरेचर फेस्टिभल पोखरामा, हुनेछ दर्जन बढी सेसन



पहिलोपोस्ट

आइएमई नेपाल लिटरेचर फेस्टिभल पोखरामा, हुनेछ दर्जन बढी सेसन

नेपाल साहित्य सम्मेलनको सातौं संस्करण हुने भएको छ। आयोजक बुकवर्म फाउन्डेसनले सोमबार कार्यक्रम आयोजना गरी सम्मेलन हुने बारे जानकारी दिएको हो। सम्मेलन पुस ७ गतेदेखि १० गतेसम्म पोखरामा हुँदैछ।

फेस्टिभलमा एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र अन्य थप रोचक सामाग्री समावेश गरिने बताइएको छ। महोत्सवमा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटनसँग मास्टर वर्कसप तथा क्रिएटिङ हिरोइन्स प्रोजेक्ट अन्तर्गतको प्रदर्शनी समेत हुनेछ।

लेखक खगेन्द्र संग्रौलाले यो साहित्य सम्मेलन लेखकहरुको भेटघाट, मनोरञ्जन र विचारको उत्सव रहेको बताए। कार्यक्रममा भने,’लेखकले पाठक भेट्ने र पाठकले आफ्नो मनपर्ने लेखक भेट्ने अवसर पनि हो।

फेस्टिभलका निर्देशक अजित बरालले नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने काममा फेस्टिभल उत्प्रेरक बनेको उनको बताए

कार्यकारी निर्देशक नीरज भारीले सम्मेलनले पोखराको पर्यटन क्षेत्रमा पनि सहयोग पुर्‍याउने आशा व्यक्त गरे। सम्मेलनबारे जानकारी दिन मंसिर ८ गते काठमाडौंमा कर्टेन रेजर हुने जानकारी समेत दिए। छैटौं संस्करणदेखि हुन थालेको कर्टेन रेजरकाठमाडौंका साहित्यकार, लेखकका अतिरिक्त सञ्चारकर्मी, विभिन्न विधाका व्यक्तित्व, व्यावसायिक र व्यापारिक समूहका सदस्यलाई समेत निमन्त्रणा गरी साहित्य र साहित्य महोत्सवबारे औपचारिक परिचय दिइन्छ

जहाँ शब्दहरू जीवन्त हुन्छन्भन्ने मन्त्रसहित सन् २०११ मा ललितपुरको झम्सिखेलमा पहिलो संस्करण आयोजना भएको थियो। चार संस्करण काठमाडौं उपत्यकामा आयोजित फेस्टिभल भूकम्प र नाकाबन्दीपछि पोखरामा आयोजना भएको थियो। योपटक पनि पोखरामा आयोजना हुने भएको छ।

फेस्टिभलमा सहभागी अतिथि विदेशी लेखक

मोहम्मद हनिफ (पाकिस्तान)

कमनवेल्थ प्राइज फर बेस्ट बुक जस्तो प्रतिष्ठित पुरस्कार पाइसकेका, बुकर प्राइजको लङ लिस्टमा छानिएका मोहम्मद हनिफको चौथो पुस्तक रेड बडर््स हालै मात्र प्रकाशित भएको छ। कराँचीमा बसेर द न्यूयोर्क टाइम्स, न्युयोर्कर र विभिन्न पत्रिकाहरूका नियमित स्तम्भकार उनी राजनीतिकेन्द्रित गम्भीर प्रकृतिका आख्यानका लागि पाठकमाझ चिनिन्छन्। 

नमिता गोखले (भारत)

आख्यान र गैरआख्यान गरी १६ ओटा पुस्तककी लेखिका नमिता गोखलेको सम्पादनमा यसैवर्ष द हिमालयन आर्क : जर्निज इस्ट आफ साउथ इस्ट पुस्तक निस्किएको छ। साहित्य रचनाका लागि भारत र विदेशबाट समेत विभिन्न प्रतिष्ठित पुरस्कार पाइसकेकी गोखले भारतको जयपुरमा हुने जयपुर लिटरेचर फेस्टिभलकी संस्थापक सहनिर्देशकसमेत हुन्। 

डा. निकोला स्ट्रिटेन (बेलायत)

मानवशास्त्री हुँदै इलुस्ट्रेटर र ग्राफिक उपन्यासकार बनेकी निकोलाले नारीवादी कार्टुन र कमिक्सबारे विद्यावारिधि गरेकी हुन्। बिल्ली, यू एन्ड मी (सन् २०११) ग्राफिक संस्मरणमार्फत पुरस्कारसमेत जितेकी निकोला आटर्स काउन्सिल इङ्ल्यान्ड एन्ड ब्रिटिस काउन्सिल इन्टरनेसनल डेभलपमेन्ट फन्डसमेत प्राप्त गरेकी छन्। संस्कृति, सञ्चार र कलाको इतिहासबारे प्राध्यापनसमेत गरिरहेकी निकोलाले नेपाल लिटरेचर फेस्टिभलमा ग्राफिक उपन्यासबारे मास्टर क्लासपनि दिनेछिन्।

मञ्जुश्री थापा (क्यानडा)

गैरआख्यानबाट साहित्यमा प्रवेश गरेकी मञ्जुश्री थापा अङ्ग्रेजी संसारमा नेपाली मूलको प्रतिनिधित्व गर्ने सफल लेखकको सूचीमा पर्छिन्। दुई वर्षअघि अल अफ अस इन आवर वन लिभ्स उपन्यास प्रकाशन गरेकी उनी त्यसअघि तीन उपन्यास, चार गैरआख्यान र एक अनुवाद कृतिकी स्रष्टा हुन्। केही वर्षअघि मात्र क्यानडामा बसाइँ सरेकी थापा नेपालको राजनीतिक र सामाजिक मुद्दाको खरो टिप्पणीकारका रूपमा समेत परिचित छिन्।  

प्रज्ज्वल पराजुली (भारत)

द गुर्खाज डटर कथा सङ्ग्रहमार्फत विश्व साहित्यमा आफ्नो प्रभाव छाडेका नेपाली मूलका भारतीय लेखक प्रज्ज्वल पराजुलीको दोस्रो आख्यान ल्यान्ड ह्वेयर आई फ्लीले पनि नेपाली भाषीकै जीवन उधिनेको छ । अङ्ग्रेजी भाषाको पकड र बेजोड कल्पनाशीलता भएका पछिल्लो पुस्ताका प्रतिभावान् लेखकका रूपमा उनी चिनिन्छन् ।

हरिश नाम्बियर

इन्डियन एक्सप्रेस, रोयटर्सलगायत विभिन्न टेलिभिजन र इन्टरनेट पोर्टलमा पत्रकारिताको अनुभव सँगालेका हरिश नाम्बियरले सन् २००२ को गुजरात दङ्गाका बेला मोटरसाइकलमा तीन साता लामो मोटरसाइकल सात राज्यको भ्रमण गरे। डिफ्य्राग्रमेन्टी इन्डियाराइडिङ अ बुलेट थ्रु द ग्यादरिङ स्ट्रोम उनको यही यात्राबाट सिर्जित चर्चित गैरआख्यान हो। हाल द इकोनोमिक टाइम्समा आबद्ध उनी पत्रकारिताका शिक्षक पनि हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell