PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

परराष्ट्रमन्त्री ज्ञवाली र जापानका कृषिमन्त्रीबीच भेटवार्ता



परराष्ट्रमन्त्री ज्ञवाली र जापानका कृषिमन्त्रीबीच भेटवार्ता

काठमाडौं: परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र जापानका कृषि, वन तथा मत्स्यपालन मन्त्रीबीच भेटवार्ता भएको छ। जापान भ्रमणमा रहेका मन्त्री ज्ञवाली र त्यहाँका मन्त्री ताकामोरी योशिकावाबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध विस्तार तथा साझेदारीका विषयमा छलफल भएको थियो।

भेटवार्तामा कृषि क्षेत्रमा दुई देशबीचको साझेदारीको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले आइतवार जापानमा नेपाल जापान सम्बन्धको विषयमा गैरआवासीय नेपाली संग जापानले गरेको कार्यक्रमलाई सम्बोधन गरेका थिए। जापान रहेका मन्त्री ज्ञवालीले दुई देशबीचको सम्बन्धलाई दुबै देशको साझा स्वार्थमा थप साझेदारीका नयाँ आयामहरु पहिचान गर्दै थप उचाइमा पुराउने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell