PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पत्रकार खशोग्गी हत्याको टेप सुन्नै नसकिने : ट्रम्प



पत्रकार खशोग्गी हत्याको टेप सुन्नै नसकिने : ट्रम्प
फोटो: टाइम्स नाउ

वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्गीको हत्याको श्रव्य टेप सुन्नै नसक्ने रहेको बताएका छन्। 

साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानका कटु आलोचक रहेका खशोग्गीको गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो।

अमेरिकी पत्रिका ‘द वासिङ्टन पोष्ट’ मा स्तम्भ लेखकका रुपमा काम गरिरहेका उनको हत्या भएको समाचार अस्वीकार गरेको साउदीले अन्तर्राष्ट्रिय दबाब बढ्दै गएपछि  दूतावासभित्र झडपका क्रममा खशोग्गीको हत्या भएको स्वीकार गरेको थियो। 

टर्कीले खशोग्गीको हत्या सम्बन्धमा रहेको टेपहरु अमेरिका,बेलायत लगायतका राष्ट्रलार्इ दिएको थियो। त्यही टेपका सम्बन्धमा बोल्दै ट्रम्पले उक्त टेपमा रहेका सामग्री निकै पीडादायी र हिंसात्मक भएको विवरण आफूलाई प्राप्त भएको बताएका हुन्। 

अमेरिकी गुप्तचर विभाग सिआईएले खशोग्गीको हत्या गर्न साउदी युवराज मोहम्मदले निर्देशन दिएको निष्कर्ष निकालेको सार्वजनिक भएपछि अमेरिकाले खशोग्गी हत्याका बारेमा केही दिनमै सम्पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने बताएका थिए।  

तर साउदीले भने खशोग्गीको हत्यामा युवराजको कुनै संलग्नता नरहेको बताउँदै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell