PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१०१ वर्षीया भगवतीले पाइन् पहिलो राष्ट्रिय परिचयपत्र



१०१ वर्षीया भगवतीले पाइन् पहिलो राष्ट्रिय परिचयपत्र
फोटो: facebook.com/rambahadurthapabaadal

काठमाडौं: सरकारले बायोमेट्रिक विवरणमा आधारित राष्ट्रिय परिचयपत्र आजदेखि वितरण थालेको छ। गृहमन्त्री रामबहादु थापा पाँचथरको फिदिममा पुगी परिचयपत्र वितरण शुरु गरेका छन्।

गृहमन्त्री थापाले १०१ वर्षीया भगवती भण्डारीलाई परिचयपत्र हस्तान्तरण गरेका हुन्। कार्यक्रममा गृहमन्त्री थापाले नेपालमा डिजिटलाईजेसनका लागि आजको दिन एतिहासिक दिन हुने उल्लेख गर्दै तीन वर्षभित्र सबै जिल्लामा वितरणमा सुरु गरिसक्ने लक्ष्य गृहमन्त्रालयले लिएको बताए।

आठ वर्षअघि सुरु गरिएको परियोजना लामो समयपछि कार्यान्वयनमा आएको हो। 

परिचयपत्र वितरणका लागि हालसम्म करिब ५९ हजारको नाम संकलन भइसकेको छ। पाँचथरमा ५२ हजार र उच्च सरकारी अधिकारीहरु सात हजारको तथ्याङ्क संलकन भइसकेको छ।

 सरकारले चार चरणमा परिचयपत्र वितरण गर्दैछ। उद्घाटनलाई पहिलो चरण मानेर दोस्रो चरणमा विभिन्न १५ जिल्लामा परिचयपत्र वितरण हुनेछ। 
यस्तै तेस्रो चरणमा २५ र चौथो चरणमा बाँकी ३६ जिल्लामा परिचयपत्र वितरण हुनेछ। 

वैयक्तिक विवरणसहित राहदानी, भू–स्वामित्व लगायतका विवरणलार्य परिचयपत्रले समेट्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell