PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अष्टनारायण र फिल्म 'गुनगुन' विवाद - शनिबार किन हटाइयो हलबाट फिल्म?



पहिलोपोस्ट

अष्टनारायण र फिल्म 'गुनगुन' विवाद - शनिबार किन हटाइयो हलबाट फिल्म?

काठमाडौं: शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म 'गुनगुन' हलमा लागेको भोलिपल्टै हलबाट उतारपछि फिल्मको टिम र अष्टनारायण हलबीच विवाद परेको छ। शनिवार अष्टनारायण हलले 'गुनगुन' प्रदर्शनबाट हटाएको दावी गर्दै निर्माण टिमले नेपाल चलचित्र निर्माता संघलाई निवेदन गर्‍यो।

उनीहरुले फिल्मको व्यवसाय हुने दिन सम्बन्धित निर्माता एवं वितरकलाई जानकारी नगराई फिल्म हटाएको जनायो। साथै निर्माण टिमले प्रदर्शनबाट फिल्म ‍हटाउँदा फिल्मलाई परेको असरको क्षतिपुर्तिको माग पनि गरेको छ।




पुकार भट्टराईले निर्देशन गरेको फिल्ममा सञ्चिता लुइटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ लगायतको अभिनय छ।

यता अष्टनारायण हलको म्यानेजर एवं अभिनेता सोहित मानन्धरले दर्शक अकुपेन्सी कम भएपछि फिल्म उतारेको बताए। फिल्म प्रदर्शनको दिन बिहानीको सो दर्शक नभएर बन्द भएको अष्टनारयण हलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

सम्झौता अनुसार हलमा २५ प्रतिशत अकुपेन्सी नभएपछि फिल्म हटाएको बताइएको छ। 'हामी सबैलाई सहयोग होस् भनेर फिल्म हलमा लगाउँछौं। तर हामीलाई नै यस्तो हुन्छ। फिल्मको दर्शक नै भएन त्यसैले फिल्म निकाल्यौं,' मानन्धरले भने 'अर्को फिल्म 'अनुग्रह' र 'दैलो' भन्ने फिल्म पनि निकाल्यौं। तिनीहरुबाट गुनासो आएको छैन।'   

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell