PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतमा आँधीका कारण मृत्यु हुनेको संख्या ४५ पुग्यो



भारतमा आँधीका कारण मृत्यु हुनेको संख्या ४५ पुग्यो
फोटो: REUTERS

चेन्नइ: भारतको तमिलनाडु राज्यमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ। 'साइक्लोन गाजा' नाम दिइएको सो आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको थियो।

आँधी प्रभावित क्षेत्रहरुमा उद्धारका कार्यहरु भइरहेको बताइएपनि त्यहाँका स्थानीयहरुले भने राज्य सरकारले उद्धारकार्यमा वेवास्ता गरेको भन्दै विरोध प्रदर्शन गरेका छन्। क्रोधित किसानहरुले मुख्य राजमार्गहरु बन्द गर्दै सरकारी अधिकारीहरुलार्इ प्रभावित क्षेत्रमा जान रोकेका थिए। 

आँधीका कारण ८० हजार हेक्टर क्षेत्रभन्दा धेरै जमिनमा लगाइएको बाली नष्ट भएको छ। सयौं संख्यामा घरहरु भत्किएका छन्। किसानहरुले नष्ट बालीको उचित क्षतिपूर्ति दिन माग गरेका छन्। 

प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पालानीस्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिने घोषणा गरेपनि पालानीस्वामी आँधी प्रभावित क्षेत्रमा जानुभन्दा उद्घाटनका कार्यक्रम सिरक भएको आरोप विपक्षीले लगाएका छन्। पालानीस्वामी भने पूर्वनिर्धारित कार्यक्रमहरु सकाएर मंगलवार प्रभावित क्षेत्रमा जाने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell