PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पोस्टरमा 'गरुड पुराण'



पहिलोपोस्ट

पोस्टरमा 'गरुड पुराण'

काठमाडौं: 'गरुड पुराण' टिमले फिल्मको प्रदर्शन मिति तय गर्दै फस्ट लुक सार्वजनिक गरेको छ। फिल्म आगामी माघ ४ मा प्रदर्शन हुने भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार नाजिर हुसेन, कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया र अभिनेत्री प्रियंका सिंह ठकुरी फिचर्ड छन्। फिल्मलाई सुवास कोइरालाले निर्दशन गरेका हुन्।  

फिल्मका निर्मातामा अजित प्रजापति र अशोक गौतम रहेका छन्। कलाकार लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ पनि फिल्म भूमिका छ।

पारिवारिक प्रेमकथामा आधारित फिल्म कमेडी जनरामा बनेको निर्देशक कोइरालाले बताए। रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको यो फिल्ममा कोसिस क्षेत्रको संगीत, कोसिस र मनिषा पोखरेलको गायन, सुसन प्रजापतिको छायाँकन, उज्ज्वल ढकालको सम्पादन छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell