PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

डा. गोविन्द केसी अस्वस्थ, बिहान ४ बजे इमर्जेन्सीमा अस्पताल भर्ना



सागर बुढाथोकी

डा. गोविन्द केसी अस्वस्थ, बिहान ४ बजे इमर्जेन्सीमा अस्पताल भर्ना

काठमाडौँः प्राध्यापक डाक्टर गोविन्द केसी अत्यधिक छाती दुखाइको कारण अस्पताल भर्ना भएका छन्। सोमबार बिहान ४ बजे उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको हो।

डाक्टर केसीका सहयोगी अभिषेक राज सिंहका अनुसार अहिले उनको उपचार भइरहेको छ।

सेन्टरका डाक्टर अरुण सायमिले डा केसीको स्वास्थ्य चाँजहरु भइरहेको बताए।  'बिहानै अत्यधिक छाती दुखेर उहाँलाई इमर्जेन्सीमा भर्ना गरेका थियौँ', उनले भने, 'अहिले स्वास्थ्य जाँचपछि सीसीयूमा सार्ने तयारी गरेका छौँ।'

डा केसी अस्पताल भर्ना हुन नमानेको सायमिले बताए। सायमिका अनुसार अझै दुई/तीन दिन केसीलाई अस्पतालमै राखेर उपचार गर्नु पर्नेछ। 'के भएको हो रिपोर्ट आएपछि थाहा हुनछ। अहिले उहाँ खतरामुक्त  हुनुहुन्छ' सायमिले भने।

डा. सायमिको नेतृत्वमा नै केसीको उपचार भइरहेको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार पनि उनकै नेतृत्वको टोलीले गरेको थियो। पाँच दिनसम्म सेन्टरमा नै प्रधानमन्त्रीको उपचार भएको थियो।  

केसी पछिल्लोपटक २७ दिनको लामो अनशन तोड्दा माग पूरा नभएको भन्दै केसीले १६औँ अनशनको तयारी समेत गरिरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell