PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

पाँच पटकका च्याम्पियन जोकोभिचलाई हराउँदै जेभेरेभले जिते एटिपी टुर फाइनल्सको उपाधि



पहिलोपोस्ट

पाँच पटकका च्याम्पियन जोकोभिचलाई हराउँदै जेभेरेभले जिते एटिपी टुर फाइनल्सको उपाधि
PHOTO : ATP

जर्मनीका एलेक्जेन्डर जेभेरेऐले विश्व नम्वर एक नोभाक जोचिभलाई स्तब्ध पार्दै सिजन इन्डिङ टेनिस प्रतियोगिता एटिपी टुर फाइन्लस २०१८ को उपाधि जितेका छन्।

विश्व नम्बर एक सर्वियन जोकोभिचलाई सोझो सेटमा हराउँदै २१ वर्षी जेभेरेभले पहिलो पटक एटीपी फाइनल्सको उपाधि उचाले।

लण्डनको ओ टु एरेनामा भएको फाइनलमा जेभेरेभले ३१ वर्षीय जोकोभिचलाई ६-४, ६-३ ले पराजित गरे। छैटौँ पटक उपाधि जित्ने फेभरेट खेलाडीको रुपमा रहेपनि जोकोभिच विरुद्ध जेभेरेभले फाइनलमा उत्कृष्ट प्रदर्शन गरे। पहिलो सेटमा जेभेरेभले जोकोभिचविरुद्ध ५-४ को अग्रता बनाउँदै आफ्नो पक्षमा पारे।

दोस्रो सेटमा पनि उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै जेभेरेभले सम्झनलायक जित हात पारे।

'म अविश्वसनिय रुपमा खुसी छु। निश्यन नै यो मलै अहिलेसम्म जितेको सबैभन्दा ठुलो उपाधि हो।' २ मिलियन पाउण्ड प्राजइ मनी निश्चित गरेका जेभेरेभले भने, 'आज मैले कसरी खेले, कसरी जिते। यो मेरो लागि कल्पनामात्र हो।'


राउण्ड रोविन लिगमा जोकोभिचसँग सिधा सेटमा पराजित भएका जेभेरेभले सेमिफाइनलमा रोजर फेडेरररलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।

जोकोभिच फाइनलमा हारेको यो दोस्रो पटक हो। सन् २००८ मा पहिलो पटक उपाधि जितेका उनले २०१२ देखि २०१५ सम्म लगातार चार पटक उपाधि जितेका थिए भने २०१६ को फाइनलमा एन्डी मुरेसँग पराजित भएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell