PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पाल्पामा जीप दुर्घटनाः एक नाबालकको मृत्यु, सात जना घाइते



पहिलोपोस्ट

पाल्पामा जीप दुर्घटनाः एक नाबालकको मृत्यु, सात जना घाइते

बेझाडः पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। सोमबार बिहान जीप दुर्घटना भएको हो।

दुर्घटनामा बागलुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारको एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। लु २ च ५०३५ नम्बरको जीप बागलुङको बरेङ्ग गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा चालकसहित सात घाइतेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell