PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै



पहिलोपोस्ट

सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पहिलो पटक एकै दिन तीन खेल हुँदैछ। एन्फाले आज तीन खेल आयोजना गर्न लागेको हो।

दुई खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा तथा एक खेल एपीएफको मैदान हलचोकमा हुनेछ।

साढे चार वर्षपछि एन्फाले सुरु गरेको यस सिजनको लिगमा यसअघि एक दिनमा बढीमा दुई खेल हुँदै आएको थियो। अब प्रत्येक चरणमा कूल सात खेल हुँदा एक दिन तीन खेल हुने गरी एन्फा दशौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरिसकेको छ।

आज जावालाखेल युथ क्लब र सिएमजी संकटा क्लबबीच बिहान ११ बजे एन्फा कम्प्लेक्समा पहिलो खेल हुनेछ। त्यसपछि साढे २ बजे एकै पटक दुई खेल हुनेछ।

एन्फा कम्प्लेक्समा फ्रेण्ड्स क्लब र विभागीय टोली एपीएफबीच खेल हुँदा एपीएफको घरेलु मैदानमा भने हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ।

आजको तीन खेलपछि दोस्रो चरणको सबै खेल समाप्त हुनेछ। दुई खेल खेलिसक्दा मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबले शतप्रतिसत जित हात पारेका छन् भने दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मीले अपराजित रहँदै ४ अंक जोडेका छन्।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell