PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पुलिसका मन्डेकाजी र चन्चलालाई स्वर्ण



पुलिसका मन्डेकाजी र चन्चलालाई स्वर्ण

बागलुङ : नेपाल पुलिसका मन्डेकाजी श्रेष्ठले बागलुङ्गमा भइरहेको प्रथम गाउँपालिका अध्यक्ष राष्ट्रिय कराते कप २०१८ मा स्वर्ण पदक जितेका छन्। श्रेष्ठले ब्यक्तिगत कातामा प्रदेश नं. ५ का दीप राज थापालाई पछाडी पार्दै स्वर्ण हात पारे। एपीएफका अनिल चन्द र प्रदेश २ का दिर्घ बहादुर लामा तेस्रो भए।

श्रेष्ठले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे। उनले महशुस तामाङ र विनोद गुरुङसंग मिलेर स्वर्ण जितेका हुन्।

यस्तै आईतबारनै भएको महिला ब्यक्तिगत काताामा नेपाल प्रहरीकी चन्चला दनुवारले एपीएफकी सरिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण हात पारिन्। बाग्लुङकी सर्मिला श्रेष्ठ र प्रदेश ५ की रश्मि पाण्डे तेस्रो भए।

यसैगरि टिम कातातर्फ पुरुष र महिला दुवै तर्फ नेपाल पुलिसले स्वर्ण जितेको छ। पुरुष तर्फ दोश्रो स्थानमा प्रदेश नं. १ तथा तेश्रो स्थानमा प्रदेश ७ र ५ रहे। महिलातर्फ प्रदेश नं. ६ ले रजत पाए। एपिएफ र प्रदेश ५ ले कास्य पाए।

७ प्रदेश र ३ विभागिय टिम गरि १० टिमको सहभागिता रहेको प्रतियोगिताको कुमुते महिला ४५ केजी तौलमा एपीएफकी जिया कार्कीले स्वर्ण जितिन्। उनले पुलिसकी बुद्धलक्ष्मी तामाङ्गलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। प्रदेश ५ की रश्मि पाण्डे र प्रदेश १ की रञ्जना मगरले कास्य पाए।

यस्तै पुरुषको ५० केजीमा पुलिका सोनाम लामाले स्वर्ण पाए। प्रदेश १ का मोहन यादवले रजत तथा प्रदेश ६ का सरोज पासवान र आयोजकका अंकित गुरुङ्गले कास्यमा चित्त बुझाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell