PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ए डिभिजन लिग : थ्री स्टारको लगातार दोस्रो जित, पुनरागमनमा विक्रमको गोल



पहिलोपोस्ट

ए डिभिजन लिग : थ्री स्टारको लगातार दोस्रो जित, पुनरागमनमा विक्रमको गोल
PHOTO : ANFA

काठमाडौँ : ललितपुरको क्लब रुस्लान थ्री स्टार क्लबले 'पल्सर सहिद स्मारक ए डिभिजन लिग'मा लगातार दोस्रो जित हात पारेको छ।

लिगअन्तर्गत आइतवार एन्फा कम्प्लेक्समा भएको ललितपुरे डर्बी खेलमा थ्री स्टारले ब्रिगेड ब्वाइज क्लबलाई ५-१ ले गोल अन्तरले हरायो। पहिलो खेलमा पनि थ्री स्टारले ललितपुरकै फ्रेण्ड्सलाई हराएको थियो।

पहिलो हाफमा एक गोल मात्र गरेको थ्री स्टारले दोस्रो हाफमा चार गोल थपेको हो। थ्री स्टारले अन्तिमा ६ मिनेटमा तीन गोल गरेका थिए।

पहिलो हाफमा रन्जति धिमालको गोलमार्फत थ्री स्टारले अग्रता दिएको थियो। खेलको आठौँ मिनेटमै धिमालले पेनाल्टीमा गोल गरेका हुन्। ५१औँ मिनेटमा सुनिल बलले गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारे।

७५औँ मसनेटमा ब्रिगेडका रन्जन तिवारीले गोल गर्दै गोल अन्तर कम पारे। तर ८४औँ मिनेटमा रन्जन विष्टले गोल गरेपछि थ्री स्टारले ३-१ को अग्रता बनायो। ८९औँ मिनेटमा निराजन खड्काले गोल थपेपछि थ्री स्टारले ४-१ को अग्रता बनायो।

झण्डै ९ महिनापछि चोटलाई पराजित गर्दै फुटबलमा फर्केका विक्रम लामाले पनि इन्जुरी टाइममा गोल थपेपछि थ्री स्टारले फराकिलो अन्तरको जित हात पारेको हो।

लगातार दुई जितपछि थ्री स्टारले मनाङ मर्स्याङ्दी क्लब समान ६ अंक जोडेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell