PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'मिस्टर युनिभर्सल एम्बेसडर २०१८'मा नेपालबाट सुसन महर्जन



पहिलोपोस्ट

'मिस्टर युनिभर्सल एम्बेसडर २०१८'मा नेपालबाट सुसन महर्जन

काठमाडौं: भारतको नयाँ दिल्लीमा आयोजना हुने पुरुषहरुको अन्तर्राष्ट्रीय सौदर्य प्रतियोगीता ‘मिस्टर युनिभर्सल एम्बेसडर २०१८’ मा नेपालको प्रतिनिधित्व सुसन महर्जनले गर्ने भएका छन्। उनी आइतबार दिल्लीका लागि उडेका छन्।  

१८ देखि २४ नोभेम्बर सम्म ६ दिनसम्म प्रतियोगिता आयोजना हुनेछ। २८ देश सहभागीता रहने प्रतियोगीतामा महर्जनले नेपाली कलासंस्कृतिले भरिएको विभिन्न पोसाकसमेत प्रस्तुत गर्नेछन्।

प्रतियोगितालाई आईएमपी अर्गनाइजेसन, इण्डोनेशियाले प्रस्तुत गरेको हो। ‘मिस्टर नेपाल वर्ल्ड २०१८’मा महर्जन ‘मिस्टर नेपाल युनिभर्सल एम्बेसडर’ बिजेता हुन्। महर्जनले ‘मिस्टर युनिभर्सल एम्बेसडर’को उपाधि नेपाल भित्र्याउने लक्ष्य आफ्नो रहेको बताए। उनले भने 'कलासंस्कृतीको माध्यमबाट नेपाललाई पनि अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell