PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रोटरीले १ सय २० विद्यालयलाई १ करोड १४ लाख मूल्यका सामग्री दिने



पहिलोपोस्ट

रोटरीले १ सय २० विद्यालयलाई १ करोड १४ लाख मूल्यका सामग्री दिने

विराटनगर : प्रदेश नम्बर १ का १३ वटा रोटरी क्लबले प्रदेश अन्तर्गतका १ सय २० सामुदायिक विद्यालयलाई ‘ई लर्निङ’–का सामग्री दिने भएका छन्।
मो
रङका ६, झापाका ५ र सुनसरीका २ गरी १३ क्लबले १ सय २० विद्यालयलाई १ करोड १४ लाख ४० हजार बराबरका सामग्री दिने भएका हुन्।
रोटरी नेपालका भूतपूर्व जिल्ला गभर्नर वासुदेव गोल्यानका अनुसार प्रत्येक विद्यालयमा १ थान प्रोजेक्टर, सफ्टवेयर, स्पीकर, माइक, कि बोर्ड, माउस र पर्दा जडान गरिदिने कार्यक्रम छ।

गभर्नर गोल्यानले प्रत्येक विद्यालयबाट छनौट गरिएका ४ जना गरी जम्मा ४ सय ८० शिक्षकलाई ई लर्निङको तालिम पनि प्रदान गरिने जानकारी दिए।

कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिका र रङ्गेली नगरपालिकाले ५–५ वटा विद्यालयलाई दिइने सामग्री सहयोग गरेका छन्।
शुक्रबार विराटनगरमा भएको कार्यक्रममा १ सय २० वटै विद्यालयका प्रधानाध्यापक र रोटरी रिजन ७ ले संयुक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

रिजन ७ अन्तर्गत इ लर्निङका सामग्री प्रायोजन गर्ने १३ वटा रोटरी क्लब समाहित छन्।

रोटरी नेपालका पूर्व जिल्ला गभर्नर तीर्थमान शाक्यले यसअघि रोटरी क्लबले पोलियो उन्मूलनमा योगदान गरेको र अहिले साक्षरता अभियानलाई अघि बढाएको बताए।

साक्षरता अभियानसँगै गुणस्तरीय शिक्षा पनि रोटरीको अभियानमा परेको हुँदा सामुदायिक विद्यालयलाई ई लर्निङका सामग्री हस्तान्तरण गर्न लागिएको शाक्यले उल्लेख गरे।

कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका प्रमुख भीम पराजुली र रङ्गेली नगरका प्रमुख दिलीप बगडिया अग्रवालको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell