PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दीपिकाको इन्गेजमेन्ट औंठीको मोल २ करोड १ लाख!



पहिलोपोस्ट

दीपिकाको इन्गेजमेन्ट औंठीको मोल २ करोड १ लाख!

अभिनेत्री दीपिका पादुकोणले सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाहका तस्वीर पोस्ट गरेकी छिन्। सार्वजनिक दुई तस्वीरमा दीपिका र रणवीर सिंह विवाह पहिरणमा देखिएका छन्।

उनीहरुले कोन्कानी र शिख रितिमा विवाह गरेका थिए। उनीहरुका दुई तस्वीरले अहिले सामाजिक सञ्जालमा भरिएको छ। फ्यानहरुले सामाजिक सञ्जालमा दुई तस्वीर राख्दै शुभ कामना दिएका छन्। दीपिका र रणवीरले इटालीको लेक कोमोमा नोभेम्बर १४ र १५ मा विवाह गरेका हुन्।



अहिले दीपिकाले विवाहमा पहिरिएकी गहनाका मुल्य बाहिरिएको छ। द हिन्दुस्तान टाइम्सले दीपिकाको इन्गेजमेन्ट औंठी करिव २ करोड माथि रहेको बताएको छ। यसअघि सोनम कपुरले ९० लाखको ‍औंठी विवाहमा लगाएकी थिइन्। त्यस्तै क्रिकेटर विराट कोहलीले अनुश्का शर्मालाई १ करोडको औंठी दिएका थिए।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell