PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दीपिका र रणवीरले सार्वजनिक गरे विवाहको तस्विर :विश्वमा आज



दीपिका र रणवीरले सार्वजनिक गरे विवाहको तस्विर :विश्वमा आज

दीपवीरको विवाह


बलिउड स्टार दीपिका पादुकोण र रणवीर सिंह विवाहबन्धनमा बाँधिएका छन्। इटलीको कोमो नामक तालमा रहेको रिसोर्टमा उनीहरुको विवहा भएको हो। बुधवार कोनकणी रीतिरिवाजमा विवाह गरेका उनीहरुले बिहिवार भने शिख रीतिरिवाजमा विवाह गरेका थिए। 

परिवारका नजिकका आफन्त र केही विशेष साथीहरू उपस्थित उक्त वैवाहिक कार्यक्रम निकै गोप्य तरिकाले गरिएको थियो। विवाह समारोहमा आमन्त्रितहरुलार्इ तस्विर लिन प्रतिबन्ध लगाइएको थियो। 

बिहिवार बेलुकी भने उनीहरुको विवाहका केही तस्विर सार्वजनिक भएका छन्। दीपिका र रणवीरले आफ्नो इन्स्ट्राग्राम एकाउन्टबाट तस्विरहरु सार्वजनिक गरेका हुन्।

तस्विर सार्वजनिक गर्न ढिलाइ गरेकोमा भने सामाजिक संजालहरुमा उनीहरु प्रति लक्षित मेमेहरु बनाइएका छन्। 

बेलायती मन्त्रीद्वारा राजीनामा


ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका एक जना मन्त्रीले राजीनामा दिएका छन्। 

युरोपेली युनियनबाट बेलायतको बहिर्गमन अर्थात् ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले आफ्नै सरकारले बनाएको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असन्तुष्टी जनाउँदै राजीनामा दिएका हुन्। यसअघिका डेभिड डेभिसले राजीनामा दिएपछि राब केही महिना अगाडि ब्रेक्जिट मामिला मन्त्रीमा नियुक्त भएका थिए।  

यसअघि यही सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै शैलेश वाराले उत्तरी आयरल्याण्डको राज्यमन्त्री पदबाट राजीनामा दिएका थिए। 

प्रधानमन्त्री थेरेसा मेले भने ब्रेक्जिट सम्झौताको मस्यौदालाई आफ्नो मन्त्रिपरिषद्ले समर्थन गरेको र राष्ट्रको हितमा रहेको दाबी गरेकी छिन्। 

रोसमा मनसुर नयाँ अभियोग 


मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोसमा मनसुरलाई नयाँ अभियोग लगाइएको छ। उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना गरेको अभियोग लगाइएको हो। नाजिबकी श्रीमती रोसमा मनसुरलाई यसअघि पनि अरू विभिन्न अभियोग लगाइएको छ। 

टेक्सासमा एक जनालाई मृत्युदण्ड


अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ। 

६४ वर्षीय रोबर्टो मोरेनो रामोसलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको हो। उनलाई सन् १९९३ मा सात र तीन वर्षका बच्चा सहित पत्नीको हत्या आरोपमा मृत्युदण्डको सजाय दिइएको थियो। 

रामोसले तीनै जनाको हत्या गरी घरको बाथरुमभित्र गाडेका थिए। त्यसको तीन दिनपछि उनले अर्कै केटीसँग आफू अविवाहित भनी छुक्याएर विवाह गरेका थिए। विगत २५ वर्षसम्म वकीलहरुले रामोसलाई दिइएको मृत्युदण्डको फैसला उल्ट्याउन प्रयत्न गरे पनि सफल भएका थिएनन् । 

फोटो :TRIBTALK/ AP/BBC/ DAILYNATION



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell