PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आइपीएल २०१९ : दिल्ली डेयरडेभिल्सले गर्‍यो सन्दीपलाई रिटेन, म्याक्सवेल र गम्भिर भए रिलिज



पहिलोपोस्ट

आइपीएल २०१९ : दिल्ली डेयरडेभिल्सले गर्‍यो सन्दीपलाई रिटेन, म्याक्सवेल र गम्भिर भए रिलिज

काठमाडौँ : नेपाली युवा स्टार सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ का लागि दिल्ली डेयर डेभिल्सले रिटेन गरेको छ।
गत वर्ष अक्सनमा दिल्लीले किनेपछि आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपलाई लगातार दोस्रो वर्ष दिल्लीले टिममा राखेको हो।

आइपीएल ११ को सुरुवाती खेलमा कप्तानी गरेका गौतम गम्भिरसहित ग्लेन म्याक्सवेल जस्ता खेलाडीहरु दिल्लीबाट रिलिज हुँदा सन्दीप भने टिममै रहेका हुन्।

दिल्लीले गौतम गम्भिर, ग्लेन म्याक्सवेल जस्ता खेलाडीलाई रिलिज गर्दा सन्दीपसहित पाँच विदेशी खेलाडी रिटेन गरेको हो। गत वर्ष आइपीएल खेलेपछि विश्वभर चर्चा कमाएका सन्दीपले यो एक वर्षको अवधीमा सिपीएल, ग्लोबल टी-२० क्यानडा र एपीएल खेलिसकेका छन् भने अष्ट्रेलियन बिग बास लिग र बंगलादेश प्रिमियर लिगका लागि छनोट भइसकेका छन्।

गत सिजन सन्दीपलाई दिल्लीले २० लाख भारुमा अनुबन्ध गरेको थियो। यस पटक कति रकममा अनुबन्ध गरेको भने खुलाइएको छैन।

दिल्लीले यस पटक कूल १४ खेलाडी रिटेन गरेको छ।
 

दिल्लीले आइपीएल ट्रेड अन्तर्गत सनराइजर्स हैदरावादबाट शिखर धवनलाई टिममा भित्र्याउँदा अभिषेक शर्मा, भिजय शंकर र सहवाज नादिमलाई हैदरावाद पठाएको छ।

यस्तै सन्दीसँगै रिटेन हुने विदेशी खेलाडीमा क्रिस मोरिस, खागिसो रबाडा, कोलिन मनरो, ट्रेन्ट बोल्ट छन्। यस बाहेक गत सिजनका पछिल्लो खेलहरुमा कप्तानी गरेका श्रेयास अयेर, रिसव पन्त, पृथ्वी शा, मन्जोत कर्ला, जयन्त यादव, हर्सल पटेल, राहुल तेवाटिया, अमित शर्मा, आभेष खान रिटेल भएका छन्।

गम्भिर र म्याक्सवेलसँगै ज्यासन रोए, मोहम्मद शामी, डान क्रिस्टियन, शायन धोष, लियम प्लनकट, जुनियर डाला र नमन ओझा रिलिज भएका छन्।

आइपीएल २०१९ का लागि ८ वटा फ्रेन्चाइज टिमले रिटेन गरेका र रिलिज गरेका खेलाडीको सूची



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell