PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दोहोरो पर्यटन शुल्कको विरोधमा नगरकोटका व्यावसायीको प्रदर्शन

दोहोरो पर्यटन शुल्कको विरोधमा नगरकोटका व्यावसायीको प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नगरकोटका व्यवसायीले दोहोरो पर्यटन शुल्क तत्काल खारेज गर्न माग गर्दै बिहीवार काठमाडौंमा प्रर्दशन गरेका छन्। 

नगरकोट आउने पर्यटकहरुलाई भगाउने गरी दोहोरो पर्यटन शुल्क स्थानीय सरकारले लिन थालेको भन्दै स्थानीयले तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रर्दशन गरेका हुन्। स्थानीय निकायले पर्यटकहरुमाथि लुटेरा शैलीमा दोहोरो पर्यटन शुल्क लिएपछि पर्यटन व्यवसायनै समस्यामा परेकाले समाधानका लागि सरकारलाई दवाव दिन प्रर्दशन गर्नु परेको स्थानीय व्यापारी गोकुल शर्माले बताए। 

चाँगुनारायण नगरपालिका र मण्डन–देउपुर नगरपालिका दुवैले पर्यटकहरुलाई शुल्क लिन थालेपछि त्यहाँ पर्यटकहरु नजाने वातावरण बनेका स्थानीयले गुनासो गरे। 

पर्यटक भगाउने खालका गतिविधि स्थानीय सरकारले गरेपछि त्यसको विरोध गर्नुपर्ने अवस्था आएको नगरकोटका व्यवसायी योगेन्द्र शाक्यले बताए। उनले दोहोरो शुल्क लिएर पर्यटकहरु भगाउने काम गरे त्यो कसैको पनि हितमा नहुने चेतावनी दिए। 

स्थानीयले पर्यटकको आगमनलाई सहज बनाउन पूर्वाधार अन्तर्गत पर्यटक बसपार्क, सार्वजनिक शौचालय निर्माण गर्न पनि सरकारलाई पटक–पटक आग्रह गर्दै आएका छन। 
 


ट्रेन्डिङ पोस्ट

Ncell