PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

को थियो त्यो जसले प्रहरीलाई नै तर्साउनेगरी झुक्यायो?



सविन ढकाल

को थियो त्यो जसले प्रहरीलाई नै तर्साउनेगरी झुक्यायो?

काठमाडौँ : हेलो ! 

'नयाँ बसपार्कको पूर्वीय चन्द्र गेष्ट हाउसको कोठा नम्बर ७ मा हतियार तथा बिस्फोटको पदार्थ छ।'

गत सोमवार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको ड्युटी अफिसरको नम्बरमा आएको फोन कलले प्रहरीलाई एकाएक सतर्क बनायो। ड्युटी अफिसरले तुरुन्तै आफ्नो इन्चार्जलाई खबर गरे।

इन्चार्ज रहेका प्रहरी निरीक्षकले यो खबर महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामालाई ढिलो नगरी ब्रिफ गरे।  

महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा सिभिल टोली घटनास्थलमा पुगिहाल्यो। होटलको कोठा खोलेर हेर्दा रातो कपडाले बेरेको वस्तु र केही पर्चासमेत फेला पर्यो । 'हामी नेपाली, हाम्रो नेपाल' लेखिएको लेटरप्याड पनि थियो त्यहाँ। 

रातो कपडाभित्रको वस्तु शंकास्पद देखिएपछि बिस्फोटक हुनसक्ने आशंकामा सेनाको डिस्पोजल टोली बोलाइयो। 

डिस्पोजल टोलीले पत्ता लगायो, रातो कपडाभित्र बिस्फोटक पदार्थ हैन, सामान्य वस्तुमात्र रहेछ। बम भनेर खोतलिएको वस्तु त वासिङ पाउडर र केही शिशाका टुक्रामात्र रहेछ।

बिहान ११ बजे मास्क लगाएका एक युवकले होटलको त्यो कोठा बुक गरेको र ३० मिनेट कोठाभित्र बसेर निस्किएको अनुसन्धानबाट खुलेको थियो। 

प्रहरीले होटेलमा युवकले फोनमा भने झैं हतियार फेला नपारेपछि पुन सुचना दिने युवकलाई सम्पर्क गर्ने खोज्यो। मोबाइलमा जवाफ आयो - 'तपाईँले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ।'

प्रहरीले पटकपटक सम्पर्क गरे पनि युवकसँग सम्पर्क हुन नसकेको परिसरका एसएसपी वसन्त लामाले बताए। तर, अहिले प्रहरीको अनुसन्धानले फोन गर्ने युवकले नै आतंक फैलाउन सामाग्री राखेको ठम्याएको छ। 'जसले फोन गरे उसैले यस्तो हर्कत गरेको देखियो। हामीले व्यक्ति पहिचान गरिसकेका छौं,' एसएसपी लामाले भने।

युवक कुनै पनि पार्टीमा आवद्ध नभएको तर प्रहरीलाई गतल सुचना र हर्कत गरेर आतंक फैलाउने गरेको देखिएको एसएसपी लामाले जानकारी दिए। उनले छिट्टै नै दोषी समातिने दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell