PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

क्रिकेटर ललित भण्डारी नगदसहित सम्मानित



क्रिकेटर ललित भण्डारी नगदसहित सम्मानित

कञ्चनपुर : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित सिंह भण्डारी नगदसहित सम्मानित भएका छन्। फास्ट बलर भण्डारीलाई बुधवार कञ्चरनपुरको शुक्लाफाँटा नगरपालिकाले सम्मान गरेको हो।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले ललितर भण्डारीलाई रु एक लाख एक हजार १११ नगद रकम र सम्मानपत्रसहित सम्मान गरे।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट प्रदर्शन गर्दै खेलको माध्यमबाट नगरपालिकाको नाम उच्च राख्न सफल भएको भन्दै खेलाडी भण्डारीलाई सम्मान गरिएको ऐरले बताए। नगरप्रमुख ऐरले भने, 'प्रतिभावान् खेलाडीको मनोबल उच्च राख्नका लागि यस्ता कार्यक्रमले सघाउ पुर्‍याउँछ।' 

खेलाडी भण्डारीले सम्मान हुन पाउँदा निकै खुशी भएको बताए। खेल मैदान बनाएर प्रतिभावान् युवालाई खेलप्रतिको आकर्षण बढाउन सकिने उनले बताए।

कैलालीको धनगढीमा आयोजना गरिएको डीपीएल-२ मा भण्डारीले 'मोस्ट भ्यालुएबल प्लेयर' घोषित भई 'गोल्डन बुट' जितेका थिए। भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका छन्।

फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell