PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आठ लाख रुपैयाँ बराबरको सुनसहित विमानस्थलबाट युवती पक्राउ



आठ लाख रुपैयाँ बराबरको सुनसहित विमानस्थलबाट युवती पक्राउ
फाइल फोटो

काठमाडौं: विदेशबाट अवैध रुपमा ल्याएको सुनसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। सोमवार हिमालय एयरको विमानमा कतारबाट काठमाडौं आएका सिराहा मिर्चैया नगरपालिका २ की रुवीकुमारी महतोलाई नियन्त्रणमा लिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले जाँच गर्ने क्रममा भन्सार छली अवैध रुपमा लुकाई छिपाई ल्याएको १ सय ९९ ग्रामको सुनको वाला ४ थान बरामद गरेको हो।

पक्राउ परेकी रुवीलाई प्रहरीले थप आवश्यक अनुसन्धान एवं कार्वाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाएको छ। बरामद सुनको बजार मूल्य ८ लाख रुपैयाँ भन्दाबढी हुन आउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell