PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बालाजु बसपार्कको एक होटलमा शंकास्पद वस्तु फेला



बालाजु बसपार्कको एक होटलमा शंकास्पद वस्तु फेला
सांकेतिक फाइल तस्बिर

काठमाडौं: काठमाडौंको बालाजु बसपार्क क्षेत्रमा रहेको एक होटलमा शंकास्पद वस्तु फेला परेको छ। नयाँ बसपार्कको पूर्वीय चन्द्रमा गेष्ट हाउसको कोठामा शंकास्पद वस्तु फेला परेको सुचना प्रहरीमा आएपछि अहिले प्रहरी घटना स्थलमा पुगेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा सिभिल टोली घटनास्थलमा पुगेको हो। केही शंकास्पद वस्तु भएको सुचना आएकाले प्रहरीको टोली परिचालन गरिएको परिसरका एसएसपी वसन्त लामाले जानकारी दिए।

एसएसपी लामाले भने, 'होटलमा केही शंकास्पद वस्तु भेटिएको छ। हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ। होटलको कोठाभित्र रातो कपडाले बेरेको वस्तु प्रहरीले फेला पारेको छ। कपडाभित्र के छ भन्ने खुलिसकेको छैन।'

कोठामा केही कागजपत्र समेत फेला परेको छ। के कागजपत्र हो भन्ने विषयमा प्रहरीले खुलाई सकेको छैन। कपडामा विस्फोटक पदार्थ समेत हुनसक्ने आशंका प्रहरीले डिस्पोजको लागि सेनाको समेत सहयोग लिने तयारी गरिरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell