PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कस्तो छ आमिर र अमिताभको ठग्स अफ हिन्दुस्तान? हेर्न जाने कि नजाने?



पहिलोपोस्ट

कस्तो छ आमिर र अमिताभको ठग्स अफ हिन्दुस्तान? हेर्न जाने कि नजाने?

मिस्टर पर्फेक्सनिस्टको हैसियत बनाएका आमिर खान र बलिउडका बादशाह अमिताभ बच्चन एकै पटक स्क्रिनमा हेर्न अवसरका रुपमा पनि लिइएको थियो, फिल्म ठग्स अफ हिन्दुस्तानलाई। नेपाली सिनेमाघरका पर्दाहरुमा पनि यो फिल्मले एकलौटी कब्जा गरेको छ। २ सय करोड भारुमा तयार भएको फिल्म कस्तो छ त? हेर्न जाने कि नजाने?

ठूला स्टार कलाकारहरु भएकाले फिल्मले धेरैलाई तानेको छ। त्यसमाथि तिहारको उत्सव सकिँदैछ। फिल्म हलमा मानिसहरुको उभार हुनु अस्वभाविक होइन। तर, फिल्म समीक्षकहरु कठोर देखिएका छन् यसपाला। ठग्स अफ हिन्दुस्तानलाई क्रिटिकले रुचाएनन्। सँगै फिल्म हेरिसकेका दर्शकले पनि फिल्मको खासै प्रशंसा गरेका छैनन्। त्यसैले आमिरको क्रेज, अमिताभको शैली र कैटरिनको आइटम डान्सले फिल्मलाई कति थेग्छ भन्न सकिन्न। 

ठग्स अफ हिन्दुस्तानले पहिलो दिनमै थुप्रै रेकर्डहरु बनाएको छ। यी सबै रेकर्ड बजारमा आधारित हुन्, रचनामा होइन। पहिलो दिन नै ५२ करोड कमाएको छ फिल्मले। त्यसैले फिल्म गजब होला भन्ने सोच्नु भएको छ भने गलत हुन सक्छ। किनकि दोस्रो दिन पहिलो दिनको तुलनामा ४५ प्रतिशत आम्दानी घटेको छ फिल्मको। 

आमिरका अधिकांश फिल्मलाई पाँचमा ५ स्टारभन्दा माथि रेटिङ गर्दै आएका समीक्षक तरन आदर्शले ठग्स अफ हिन्दुस्तानलाई जम्मा २ स्टार दिएका छन्। टाइम्स अफ इन्डियाले पनि २.५ स्टार मात्र दिएको छ। 

दर्शकहरुले पनि फिल्मलाई ठग्स अफ हिन्दुस्तानको साटो 'ठग्स अफ अडियन्स' भन्न थालेका छन्। आमिरको पर्फेक्सनिस्ट प्रवृत्ती र अमितावको क्रेज दुवैलाई फिल्मले धमिल्याएको समीक्षकहरुको टिप्पणी छ। त्यसैले ठूलो अपेक्षा लिएर यो फिल्म हेर्न जानु जो कसैका लागि पनि हानिकारक छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell