PahiloPost

Nov 16, 2018 | ३० कात्तिक २०७५


एएफसी यू-२३ च्याम्पियनसिप छनोटको ड्र सार्वजनिक, नेपाल कठिन समूहमा


पहिलोपोस्ट

एएफसी यू-२३ च्याम्पियनसिप छनोटको ड्र सार्वजनिक, नेपाल कठिन समूहमा

काठमाडौँ : सन् २०२० मा थाइल्याण्डमा हुने एएफसी यू-२३ च्याम्पियनसिपको लागि छनोट चरणको ड्र सार्वजनिक भएको छ।

एसियन फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने छनोट प्रतियोगिता एसियाका कुल ४४ टोलीले सहभागिता जनाउने छन् र ती टिमलाई ११ समूहमा विभाजन गरिएको छ।

एएफसीले बुधवार सार्वजनिक गरेको ड्र अनुसार नेपाल कठिन समूहमा परेको छ। समूह ए मा रहेको नेपालले कतार, ओमन र अफगानिस्तानसँग छनोट चरण खेल्नेछ। यस समूहका खेलहरु मार्च २२ देखि २६ सम्म कतारमा हुनेछ।

छनोट चरणबाट ११ समूह विजेता अन्तिम चरणका लागि छनोट हुनेछन्। यस्तै दोस्रो हुने उत्कृष्ट चार टोलीले पनि अन्तिम चरणमा स्थान बनाउनेछन्।

अन्तिम चरणको आयोजक थाइल्याण्ड सिधै छनोट भइसकेकोले यदी उसले आफ्नो समूहमा पहिलो वा दोस्रो भए अर्को टिमले छनोट हुने अवसर पाउनेछ।

एएफसीले आयोजना गरेको यू-२३ उमेर समूहको प्रतियोगितामा राम्रो इतिहास नभएको नेपाल  पछिल्लो पटकको छनोटमा छनोट चरणबाट नै घर फर्किएको थियो।

 

समूह विभाजन

समूह ए : कतार, ओमान, नेपाल, अफगानिस्तान

समूह बी : प्यालेस्टाइन, बहराइन, बंगलादेश, श्रीलंका

समूह सी : इराक, इरान, तुर्कमिनिस्तान, यमन

समूह डी : साउदी अरेबिया, युएई, लेबनान, माल्दिभ्स

समुह ई : जोर्डन, सिरिया, किर्गिस्तान, कुवेत

समूह एफ : उज्बेकिस्तान, ताजिकिस्तान, भारत, पाकिस्तान

समूह जी : उत्तर कोरिया, हङकङ, सिंगापुर, मंगोलिया

समूह एच : दक्षिण कोरिया, अष्ट्रेलिया, क्याम्बोडिया, चाइनिज ताइपेई

समूह आई : जापान, म्यानमार, टिमोर लेस्टे, मकाउ

समूह जे : मलेसिया, चीन, लाओस, फिलिपिन्स

समूह के : भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, ब्रुनाई



एएफसी यू-२३ च्याम्पियनसिप छनोटको ड्र सार्वजनिक, नेपाल कठिन समूहमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट