PahiloPost

Nov 16, 2018 | ३० कात्तिक २०७५


शैक्षिक भ्रमणबाट फर्किँदै गरेको बस चितवनमा दुर्घटना, २६ जना घाइते


पहिलोपोस्ट

शैक्षिक भ्रमणबाट फर्किँदै गरेको बस चितवनमा दुर्घटना, २६ जना घाइते

चितवनः भ्रमणबाट विद्यार्थी लिएर फर्किँदै गरेको बस बुधबार बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएकाको अवस्था खतरामुक्त रहेको छ। उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

ना ६ ख ९३६६ नम्बरको बस बिहान १ः१५ बजे अनियन्त्रित भई पल्टिएको थियो। बसमा विद्यार्थी र शिक्षक गरी ३४ जना सवार रहेको प्रहरीले जनाएको छ। रासस



शैक्षिक भ्रमणबाट फर्किँदै गरेको बस चितवनमा दुर्घटना, २६ जना घाइते को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट