PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कतिले हाले तामाकोसीको लागि शेयर आवेदन?



पहिलोपोस्ट

कतिले हाले तामाकोसीको लागि शेयर आवेदन?

काठमाडौं : माथिल्लो तामाकोसीले निष्कासन गरेको प्राथमिक शेयरमा अहिलेसम्मकै सबैभन्दा धेरै आवेदन पर्ने देखिएको छ।

पछिल्लो तथ्याङ्कअनुसार तीन लाख २२ हजार ५ सय ५० आवेदकबाट ६ अर्ब २२ करोड ११ लाख ५३ हजार रुपैयाँको आवेदन परेको छ। बैंक तथा बित्तीय संस्थाले धेरै वटा आवेदन इन्ट्री गर्न बाँकी रहेको हुँदा तामाकोसीको शेयरमा अहिलेसम्मकै सबै भन्दा धेरै आवेदन पर्ने देखिएको हो।
 
दिउँसो सिस्टमले काम नगर्दा बैंकहरुले इन्ट्री गर्न नपाएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ। माथिल्लो तामाकोसीको शेयरमा कर्मचारी सञ्चयकोष, ऋणदाता संस्थाका कर्मचारी, प्रभावित क्षेत्रका स्थानीय बासिन्दालार्इ हिसाब गर्ने हो भने ५ लाख भन्दा धेरै आवदेक देखिएका छन्। अझ सर्वसाधारण आवेदकलार्इ हिसाब गर्ने हो भने ८ लाख नाघ्ने देखिएको छ। यस भन्दा अगाडि जलविद्युत लगानी तथा विकास कम्पनीको शेयरमा सबै भन्दा धेरै तीन लाख ४० हजार आवेदन परेको थियो।
 
कम्पनीले सर्वसाधारणका लागि एक अर्ब ५८ करोड रुपैयाँको आइपिओ निष्कासन गरेको थियो। जसमा सामूहिक लगानीकर्तालार्इ ५ प्रतिशत शेयर कटाएर सर्वसाधारणले एक अर्ब ५ करोड रुपैयाँको शेयर प्राप्त गर्ने छन्। यसका आधारमा १० कित्ताका दरले १५ लाख ९ हजार ७५ जनाले शेयर प्राप्त गर्न सक्छन्। तर, अन्तिम अपडेटको आधारमा भने सर्वसाधारणले अधिकतम ४६ कित्तासम्म प्राप्त गर्न सक्छन्। तर, बैंकहरुले अझै धेरै आवेदन इन्ट्री गर्न बाँकी रहेको हुँदा अधिकतम कित्ता घट्ने देखिन्छ। 

दोहोरिएका लगानीकर्ताले शेयर नपाउने

कम्पनीले यस अगाडि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, प्रमोटर कम्पनीका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी र प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर जारी गरिसकेको छ। दोहोर्याएर आवदेन पर्नसक्ने हुँदा यसको भेरिफिकेसनका लागि केही समय लाग्न सक्ने नागरिक लगानी कोषका मर्चेन्ट विभाग प्रमुख रोशनजंग कार्कीले जानकारी दिए।
 
एउटै व्यक्तिको दुर्इवटा भन्दा धेरै डिम्याट अकाउन्ट हुन सक्ने र फरक फरक डिम्याट खाताबाट आवदेन दिँदा सिस्टमले हेर्न नसक्ने हुँदा नाम तथा तीन पुस्ते भिडाएर हेर्दा केही समय लाग्ने उनले बताए। यसरी चेक गर्दा कम्पनीको शेयर बाँडफाँडमा केही ढिला हुने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell