PahiloPost

Nov 16, 2018 | ३० कात्तिक २०७५


डोल्पामा जिप दुर्घटना : १० जनाको घटनास्थलमै मृत्यु, चालकसहित दुई घाइते


डोल्पामा जिप दुर्घटना : १० जनाको घटनास्थलमै मृत्यु, चालकसहित दुई घाइते

काठमाडौं: डोल्पामा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जिप ठूलो भेरी नगरपालिका ९ मा दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख भुपेन्द्र थापाले जानकारी दिए।

सिडियो थापाले भने, '१० जनाको घटनास्थलमा नै मृत्यु भएको छ। २ जनाको उद्धार भयो।' मृत्यु हुनेहरुमा ७ जना पुरुष र ३ महिला रहेका छन्। उनीहरुको सनाखत हुन सकेको छैन।

चालकसहित दुई जनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ।



डोल्पामा जिप दुर्घटना : १० जनाको घटनास्थलमै मृत्यु, चालकसहित दुई घाइते को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट