PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्री कार्यालयमा सरुवा भएको १० दिनपछि स्वास्थ्य मन्त्रालयमै फर्किइन् सचिव चौधरी



सागर बुढाथोकी

प्रधानमन्त्री कार्यालयमा सरुवा भएको १० दिनपछि स्वास्थ्य मन्त्रालयमै फर्किइन् सचिव चौधरी

काठमाडौं: स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यलयमा सरुवा भएकी सचिव डा पुष्पा चौधरी फेरि स्वास्थ्य मन्त्रालयमा फर्केकी छिन्।

सरुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेशपछि सचिव चौधरीले आजबाट पुन स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेकी हुन्। केही बेर अघि मन्त्रालय पुगेर उनले सचिवको जिम्मेवारी सम्हालेकी हुन्।

सरकारले गत २८ कात्तिकको निर्णय भन्दै गत ९ कात्तिकमा सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा भएको पत्र पठाएको थियो।
त्यसको एक साता नवित्दै सचिव चौधरीले सरकारको निर्णयविरुद्ध बिहीवार सर्बोच्चमा रिट दायर गरेकी थिइन्।

उक्त रिटको शुक्रवार प्रारम्भिक सुनुवाई गर्दै उनको पक्षमा अन्तरिम आदेश दिएको थियो। सोही आदेशअनुसार उनी स्वास्थ्य मन्त्रालयमा हाजिर हुन पुगेकी हुन्।

सम्बन्धित समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell