PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कुन 'स्लिपिङ पिल' बढी प्रभावकारी?  साइड इफेक्ट कस्तो?



पहिलोपोस्ट

कुन 'स्लिपिङ पिल' बढी प्रभावकारी?  साइड इफेक्ट कस्तो?
फोटो: quora.com

व्यस्त जीवनशैलीको कारण धेरैजसो मानिसहरु रातभर उठिरहेका हुन्छन्। तीमध्ये धेरैजसोलाई रातमा निन्द्र पर्दैन। विश्वभरका मानिसहरु इन्सोमेनियाबाट आक्रान्त छन्। नेपालीहरु पनि 'इन्सोमेनिया'बाट अछुत रहन सकेका छैनन्।

अमेरिकाका एक तिहाइभन्दा बढी युवाहरुले नियमित रुपमा पर्याप्त निन्द्रा प्राप्त गरेको हुँदैनन्। २५ प्रतिशत बालबालिकालार्इ निदाउन गार्ह्रो हुने गर्छ। कारण धेरै छन्।

स्मार्टफोनको निलो प्रकाशदेखि मादक पदार्थ सेवनको प्रभावले समेत निन्द्रामा समस्या पुग्न सक्छ। यी कुराको लत हटाउन गार्ह्रै पर्छ। कारण जे भएपनि हामीमध्ये धेरै खास गरी महिला र वृद्धवृद्धाहरुले निन्द्राको सुखका लागि 'स्लिपिङ पिल्स' लिने गरेका छन्। स्लिपिङ पिल्स धेरैको लागि रहर नभएर बाध्यता हो।

 

कुन 'स्लिपिङ पिल' बढी प्रभावकारी छ?

 

'स्लिपिङ पिल्स'ले निन्द्रा लाग्न सहयोग गरेता पनि समस्याको समाधान भने गर्दैन। नर्थवेस्टर्न युनिभर्सिटीका स्लिप मेडिसिनका प्रोफेसर डा फिल्लिस जी भन्छन् ‘यो ज्वरो आउँदा किन ज्वरो आउँदैछ भनी नसोची दैनिक रुपमा 'टेलेनोल' खानु जस्तै हो।'

 

डिप्रेसन, कम व्यायाम, लगातारको तनाव, सयौं स्वास्थ्य सम्बन्धी समस्याका कारण पनि निन्द्रा नआउने समस्या हुन सक्छ। 'स्लिपिङ पिल्स'को माध्यमबाट आफ्नो निन्द्रा नियन्त्रण गर्न खोज्नु 'इन्सोमेनिया'लार्इ लामो समयसम्म भोग्न तयार हुनु हो। हालसम्मका प्रमाणहरुका आधारमा 'सीबीटीआइ'लार्इ 'इन्सोमेनिया'का लागि 'फस्ट लाइन ट्रिटमेन्ट'का रुपमा उपयोग गर्न स्वास्थ्यकर्मीहरु प्रोत्साहन गर्ने गर्छन्।  

 

'सीबीटी आइ'ले व्यक्तिको रातको समय तालिका मिलाउने युनिभर्सिटी अफ पेन्निसलिभियन स्कुल अफ मेडिसिनका स्लिप अनुसन्धानकर्ता डा नामी गोएलले बताए। निन्द्रामा समस्या रहेका सबैले 'सीबीटी आइ'को प्रयोग गर्नुपर्ने भएतापनि 'स्लिपिङ पिल्स'को खाने निश्चित समय र स्थान हुन्छ।

 

कामको चापले तनाव भइरहँदा 'एम्बियन वा लुनेस्टा' जस्ता 'हिपनोटिक' ड्रग्सहहरुले केही आनन्द महसुस गराउन भूमिका खेल्ने ग्रान्डनरले बताए।

 

केही महत्वपूर्ण कार्यक्रमअघि चिन्तित भए त्यसको दुर्इ तीन दिनअघि 'एम्बियन र लुनेस्टा' जस्ता 'हिपनोटिक' ड्रग्स लिएमा त्यसबाट केही आराम हुने ग्रान्डनर बताउँछन्। केही महिनाको अन्तरालमा एक 'स्लिपिङ पिल्स' खाँदा पनि खासै फरक नपर्ने उनको तर्क छ। 'हप्ता वा महिनामा धेरै समयसम्म पिल्स खाएमा भने त्यो चिन्ताको विषय हो,' उनी भन्छन्।

 

यस प्रकारका ड्रग्सहरुको प्रयोगले मानिसको मृत्‍युसम्म हुन सक्ने अनुसन्धानमा देखिएको छ। तर, त्यो प्रारम्भिक र अपुरो रहेको बताउँदै उनी भन्छन्, 'एम्बियन' लगायतका ड्रग्सका प्रयोग गरेर आउने निन्द्रा प्राकृतिक निन्द्रा जस्तो हुँदैन।'

 

गोयलका अनुसार यस प्रकारका ड्रग्सहरुको प्रयोगबाट स्मरण शक्ति र व्यवहारमा समस्या आउन सक्छ। त्यसको धेरै प्रयोग गर्दा तपार्इ त्यो बिना निदाउन सक्नु हुन्‍न।

'हिपनोटिक' बाहेक धेरै चिकित्सकहरुले निन्द्रा सम्बन्धी समस्याका लागि मध्यम खालका 'एन्टी डिप्रेससेन्ट ड्रग्स'हरु दिने गर्छन्। ग्रान्डनर भन्छन् 'ट्राजोडोन' सामान्य रुपमा प्रयोगमा आउने ड्रग्स हो। यसको प्रयोग केही हदसम्म सुरक्षित हुन्छ भने यसले निन्द्रा पार्ने सहयोग गर्छ।तर एफडीएले 'इन्सोमेनिय'का लागि यसको प्रयोगका लागि अनुमति दिएको छैन। यो ड्रगको प्रयोग गर्न सुझाव दिने धेरै चिकित्सकले यसको प्रयोगबाट निन्द्रा पर्छ नै भन्ने कुनै ठोस प्रमाण नभएको महसुस गरेकै छैनन्।

 

नयाँ आएको स्लिपिङ ट्याब्लेट 'ओरेक्सिन रिसेप्टर एगोनिस्ट' ले तपार्इलार्इ उठाइरहने मस्तिष्कको रसायनलार्इ अवरुद्ध गर्छ। यी ड्रग्सहरु नयाँ भएकाले यिनीहरुको प्रयोग र त्यसको फाइदा र बेफाइदाबारे भने हालसम्म कुनै अध्ययन भएको छैन।

 

'मेलाटोनिन'पनि एक प्रकारको ड्रग्स हो। थोरै मात्रामा यसको सेवनले युवाहरुमा सकारात्मक असर देख्ने गरेको बताउँछन डा एन्ड्रिउ बिल। तर यसको धेरै प्रयोगबाट हुने असरबारे केही भन्न नसकिने बताउँछन्।

 

बालबालिकामा भने 'मेलाटोनिन'ले विचित्र असर गर्छ। बोस्टन बाल अस्पतालका चिकित्सक डा जुडी ओवेन्स भन्छन्, '२५ वर्षदेखि स्लिप क्लिनिकमा म बच्चाहरुको उपचार गर्दैछु। विगतको ५ वर्षदेखि मेलाटोनिनको प्रयोगमा धेरै वृद्धि भएको छ। तर यसको प्रयोग धेरै लामो समयसम्म गर्दा हुने असरका बारेमा कुनै अनुसन्धान भएको छैन।'

 

'बालबालिकालाई दिनु हुने 'स्लिपिङ पिल' मध्ये मेलाटोनिन सबैभन्दा सुरक्षित रहेको छ। धेरैले 'मेलाटोनिन'लार्इ एक किसिमको भिटामिनका रुपमा लिन्छन्। तर, त्यस्तो होइन।' चिकित्सकको सल्लाह बिना अभिभावकले आफ्ना बच्चालार्इ निदाउनका लागि कुनै प्रकारको औषधी दिन नहुने उनी बताउँछन्।

 

युवाहरुले भने निदाउनु भन्दा केही घण्टा अघि '०.५ देखि १ एमजी मेटालोनिन' लिनु उपयुक्त हुने अनुसन्धानका क्रममा देखिएको ग्रान्डनर बताउँछन्। भन्छन्, 'सही समयमा लिँदा शरीरले प्राकृतिक रुपमा हार्मोनहरु उत्पादन गर्छ।'

 

युवा अवस्था पार गर्दै गरेका व्यक्तिहरुमा 'मेलाटोनिन'उत्पादन खासै हुँदैन। यदि उनीहरुलार्इ राती निन्द्रा नलागेको अवस्थामा पनि स्लिपिङ पिल बढी लिँदा राम्रो हुने बताउँछन्। तर, निदाउनु अघि'मेलाटोनिन' धेरै मात्रामा सेवन गरेमा त्यसले उल्टै निन्दा बिगार्ने चिकित्सकहरु बताउँछन्।

 

यद्यपि हामीलार्इ चाहिने आरामदायी निन्द्रा कुनै स्लिपिङ चक्कीका कारण आउने छैन। प्राकृतिक रुपमा निन्द्रा चहिएमा आफ्नो जीवनशैलीमा परिवर्तन गर्नैपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell