PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

म्यानचेस्टर युनाइटेड र एभर्टनबीचको खेल हेर्न पुगे थाइल्यान्डको गुफामा फसेका बालकहरू



म्यानचेस्टर युनाइटेड र एभर्टनबीचको खेल हेर्न पुगे थाइल्यान्डको गुफामा फसेका बालकहरू
फोटो: AFP

ओल्ड ट्राफोर्ड :  थाइल्यान्डको चियाङ राइमा रहेको थाम लुङ गुफामा फसेका १२ बालकहरुले ओल्ड ट्राफोर्डस्थित मैदानमा म्यानचेस्टर युनाइटेड र एभर्टनबिचको खेल अवलोकन गरेका छन्। 

बेलायतमा जारी इङलिस प्रिमियर लिग अन्तर्गत भएको उक्त खेलमा म्यान्चेष्टर युनाइटेडले एभर्टनलार्इ २-१ गोल अन्तरले पराजित गरेको थियो। 

फुटबल खेल्न गएका १२ बालकसहित उनका फुटबल प्रशिक्षक २३ जुनमा गुफामा फसेका थिए। उनीहरुको दुर्इ हप्ता पश्चात उद्धार गरिएको थियो।  

असामान्य मानिएको उद्धार कार्यबाट उनीहरु सबैको सकुशल उद्धार गरिएको थियो। उद्धारपश्चात विश्वकप फुटबलको फाइनल खेल हेर्न उनीहरुलार्इ निम्तो दिइए पनि स्वास्थ्य अवस्था बिग्रिन सक्ने भन्दै उनीहरु रसिया गएनन्। त्यसपछि उनीहरुलार्इ विभिन्न फुटबल क्ल्ब र खेलाडीहरुले सहयोग गर्ने घोषणा गरे। 

गुफामा फसेका एक बालकले  म्यानचेष्टर युनाइटेडको जर्सी लगाएको तस्विर सार्वजनिक भएपछि क्ह्ल्बले उनीहरुलार्इ सहयोग गर्ने र खेल हेर्न बोलाउने बताएको थियो। बालकहरुले खेल हेर्नुका साथै क्ल्बका म्यानेजर जोसे मोहोरिनो र खेलाडीहरुसँग सामुहिक फोटो खिचाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell