PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

टिपरको ठक्करबाट मोटरसाइकल पछाडि सवार श्रीमतीको मृत्यु, श्रीमान् घाइते



पहिलोपोस्ट

टिपरको ठक्करबाट मोटरसाइकल पछाडि सवार श्रीमतीको मृत्यु, श्रीमान् घाइते

काठमाडौँ : काभ्रेको पाँचखाल नगरपालिका-६ तिनपिप्लेमा टिपरको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक महिलाको मृत्यु भएको छ।

आज दिउँसो पौेंने ४ बजे अरनिको राजमार्गमा बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। 

दुर्घटनामा स्थानीय ५६ वर्षीया रञ्जना गौतमको मृत्यु भएको छ भने मोटरसाइकल चालक उनका श्रीमान् ६५ वर्षीय कमलप्रसाद गौतमको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell