PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

तिहारमा पड्काउने पटकाबारे भारतमा सर्वोच्च अदालतले गर्यो यस्तो फैसला, नेपालमा के असर पर्ला?



पहिलोपोस्ट

तिहारमा पड्काउने पटकाबारे भारतमा सर्वोच्च अदालतले गर्यो यस्तो फैसला, नेपालमा के असर पर्ला?

काठमाडौँ: भारतमा सर्वोच्च अदालतले दिपावलीमा पड्काउने पटका बिक्री र सर्वसाधारणले गर्ने प्रयोगका बारेमा बिभिन्न फैसला गरेको छ। अदालतको आदेश अनुसार अब अनलाईनबाट पटका बेच्न प्रतिबन्ध लगाइएको छ।

अदालतले इ कमर्स पोर्टलमा पटका बेच्न नपाउने स्पष्ट आदेश दिएको छ। यसैरी सर्वोच्च अदालतले पटकाको बिक्रीमा प्रतिबन्ध नलगाएपनि बिभिन्न किसिमका सर्तहरु अघि सारेको छ।

अदालतले केवल वातावरणमैत्री र सुरक्षित पटकाहरुमात्र पड्काउन भनेको छ। चर्को आवाज आउने पटकाहरुमाथि पनि प्रतिबन्ध लगाएको छ।

दिपावलीका दिन राती ८ बजेदेखि १० बजेसम्म मात्र पटका पड्काउन पाउने पनि सर्वोच्चको आदेशमा उल्लेख छ। सर्वसाधारणले दिपावलीको दिन २ घण्टामात्र पटका पड्काउन पाउनेछन्।

सर्वोच्च अदालतले आफ्नो निर्णयमा लाइसेन्सधारी ब्यापारीले मात्रै पटका बेच्न पाउने भन्दै दिपावलीमा मात्र नभइ अन्य धर्म तथा चाडबाडकालागि पनि पटकाबारे यहि नियम लागुहुने जनाएको छ। अदालतले बिभिन्न धार्मिक समारोहमा  पटका पड्काउन प्रतिबन्ध लगाएको छ।

नयाँ वर्षमा पनि पटका पड्काउने समय अदालते निर्धारण गरिदिएको छ। नयाँ वर्षका समयमा पनि रातको ११बजेर ५५ मिनेटदेखि १२ बजेर ३० मिनेटसम्म मात्र पटका पड्काउन सकिने जनाएको छ।

वायूप्रदुषण नियन्त्रण गर्नकालागि पटकाको उत्पादन तथा बिक्रीमाथि रोक लगाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो निर्णय गरेको हो।

बिक्री वितरणमै प्रतिबन्ध नलगाएपनि सर्वोच्चले सिमित अवधिको प्रयोग र बिक्रीमा नियन्त्रण गर्दै यस्तो आदेश दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell