PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

८ महिने शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ, अटोरिक्सा चलाइरहेको अवस्थमा भेटिए



पहिलोपोस्ट

८ महिने शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ, अटोरिक्सा चलाइरहेको अवस्थमा भेटिए
फाइल फोटो

काठमाडौँ : दुई महिना अगाडि ८ महिने बालिका चोरीपछि  हत्या गर्ने मुख्य अभियुक्त पक्राउ परेका छन्। मुख्य अभियुक्त भरतकुमार शाहलाई सुनसरीको भण्टावारीबाट पक्राउ गरेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी इश्वर कार्कीले बताए।

महोत्तरी औरही नगरपालिका १ का सन्तोष चौधरीकी छोरी घरबाट हराएकी थिइन्। बालिका हराएको प्रहरीमा जानकारी आएसँगै खोजीमा लागेको प्रहरीले बालिका मृत अवस्थामा फेला परेको थियो।

प्रहरीले दुई महिनापछि भियुक्त शाहलाई अटोरिक्सा चलाइरहेको अवस्थामा सुनसरी प्रहरीले फेला पारेको एसपी कार्कीले बताए। एसपी कार्कीले भने, 'सुनसरी प्रहरीले पक्राउ गरी हामीलाई खबर गरेको हो। सुनसरी प्रहरीले पठाएको फोटो र हाम्रो फोटो जुधाएर हेर्दा साह भएको पुष्टि भयो।'

औरही ८ स्थित जंगलमा बालिकाको शव फेला पारेको थियो। बालिकाको मुखबाट रगत बगेको थियो। बच्चा चोरेर लग्ने युवकको पहिचान भए पनि प्रहरीले शाहलाई नियन्त्रणमा लिन सकेको थिएन। बालिका चोरी भएको स्थान नजिकै रहेको सीसी क्यमारामा बच्ची चोरी भएको दृष्य कैद भएको थियो। सीसी क्यमरा फुटेजका आधारमा नै प्रहरीले खोजी कार्य तीब्र पारेको थियो। हत्यापछि शाह भारतमा लुकेर बसेकाले प्रहरीले पक्राउ गर्न सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell