PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्वेता पण्डितपछि अनु मलिकमाथि #मिटू अभियानमा अरु पनि उत्रिए



पहिलोपोस्ट

स्वेता पण्डितपछि अनु मलिकमाथि #मिटू अभियानमा अरु पनि उत्रिए

बलिउडमा #मिटू मुभमेन्टले धेरैलाई तानिरहेको छ। चर्चित संगीतकार अनु मलिकविरुद्ध गायिका स्वेता पण्डितले सेक्सुअल ह्यारस्मेन्टको आरोप लगाएपछि अरु पनि अनु मलिक विरुद्ध खनिन थालेका छन्। 

किशोरावस्थामा नै मलिकले गरेको यौन दुर्व्यवहारको विषयलाई उनले खुलासा गरेकी हुन्। त्यसपछि एक अर्की महिलाले अन्नु मलिकले आफ्नो ढाडमा सुमसुम्याएको भन्दै आलोचना गरिन्। उनले ९० को दशकको विषय उठान गरेकी हुन्। 

एक अर्की महिलाले पनि अनु मलिकले पटक पटक दुर्व्यवहार गरेको आक्षेप लगाएकी छिन्। यौनाकांक्षासहित मल्लिकले दुर्व्यवहार गरेको उनको दावी छ। 

मलिकविरुद्ध मि टू अभियानमा पहिलो पटक मुख खोलेकी स्वेता पण्डितले लामो स्टेटमेन्ट दिँदै घटनाबारे खुलासा गरेकी थिइन्। पण्डित १५ वर्षकी हुँदा मलिकले आफ्नो गालामा चुम्मन गर्न भनेका थिए।

घटनाबारे ट्विटरमा खुलासा गर्दै स्वेताले लेखेकी छिन् –

फिल्म आवारा पागल दिवानाका लागि उनले सुनिधी र सानसँगै समूहमा जतिखेर गीत रेकर्डिङ गराउँदै थिए त्यतिखेर म मेरी आमासँगै मोनिटर रुममा पुगेको थिएँ।

इम्पायर स्टुडियोको एउटा स्यानो क्याबिनमा उनले मलाई बस्न भने जहाँ गायकहरु गीत गाउँथे। त्यहाँ उनी र ममात्र थियौं। मेरो गायनीलाई उनले राम्रो भनेर तारिफ गर्दै भने, 'तिमीलाई सुनिधि र सानसँगै यो गीत दिन्छु तर पहिले मलाई किस गर।' उनी त्यसपछि मुस्कुराए जुन मुस्कुराहट मलाई सबैभन्दा भयानक लाग्यो। म त अवाक् भएँ। त्यतिखेर म जम्मा १५ वर्षकी थिएँ र स्कुलमै पढ्थेँ।'       
अनु मलिकका वकिलले एक वक्तव्य जारी गर्दै घटना गलत भएको जनाएका छन्। जुन आरोप लगाइएको छ, त्यो पूरै गलत र आधारहीन रहेको उनको तर्क छ। मलिक #मीटू मुभमेन्टको समर्थन रहेको तर त्यसको नाजायज दुरुपयोग हुन नहुने तर्क राखेको उनका वकिलले जनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell