PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इस्तानबुल स्थित वाणिज्य दूतावासमा पत्रकार खशोग्गीको मृत्यु भएको साउदीद्वारा स्वीकार



इस्तानबुल स्थित वाणिज्य दूतावासमा पत्रकार खशोग्गीको मृत्यु भएको साउदीद्वारा स्वीकार

रियाद:  पत्रकार जमाल खशोग्गीको इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै मृत्यु भएको साउदी अरेबियाले स्वीकार गरेको छ।

पहिला साउदीले खशोग्गीको मृत्यु दूतावासभित्रै भएको समाचारहरु गलत रहेको बताएको थियो। टर्कीका प्रहरीले दूतावासभित्रै गएर अनुसन्धान समेत गरेका थिए। 

वाणिज्य दूतावासभित्र खशोग्गी र केही मानिसहरु बीच झगडा भएको र त्यही क्रममा उनको मृत्यु भएको जनाइएको छ।  

अक्टोबर २ मा वाणिज्य दूतावास गएदेखि उनी वेपत्ता थिए। उनी वेपत्ता भएदेखि नै उनको हत्या भएको अनुमान गरिएको थियो।
 
खशोग्गीको मृत्यु भएको पुष्टि भएपछि त्यहाँका गुप्तचर र राजपरिवारका केही सदस्यहरुलार्इ बर्खास्त गरिएको बीबीसीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले १८ जनालार्इ पक्राउ गरेको छ। 

साउदी अरेबियामाथि खशोग्गीको अवस्था सार्वजनिक गर्न अन्तर्राष्ट्रिय स्तरबाट चर्को दबाब परेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त खशोग्गीको हत्या साउदीले गराएको पुष्टि भए साउदीलार्इ दण्डित गर्ने बताएका थिए। खशोग्गी प्रकरणकै बारे कुरा गर्न ट्रम्पले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलार्इ साउदी पठाएका थिए। त्यहाँ पोम्पेओेले साउदीका राजा सलमान र राजकुमार मोहम्मद बिन सलमानसँग भेट गरी खशोग्गीका बारे कुरा गरेक‍ा थिए।  

राजकुमार मोहम्मद बिन सलमानको कटु आलोचक रहेका खशोग्गीको हत्या मोहम्मदकै निर्देशनमा भएको हुनसक्ने धेरैले अनुमान गरेको बीबीसीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell