PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

डाक्टरका सल्लाह: दशैंमा कुन रोगीले के खाने, के नखाने?



पहिलोपोस्ट

डाक्टरका सल्लाह: दशैंमा कुन रोगीले के खाने, के नखाने?
प्रतिकात्मक फोटो

काठमाडौंः अव्यवस्थित जीवनशैलीको कारण कुनै न कुनै रोगबाट पीडित भएपछि औषधि खाइराख्नु बाध्यता हो। त्यसमाथि खानेकुरा बार्नुपर्दा धेरै मानिसहरूको दशैँ खल्लो हुन सक्छ।  तर सबै रोगीले सबै कुरा बार्नुपर्छ भन्ने हैन।

कुन रोगीहरूले के खानु हुन्न त?

मटुरोग विशेषज्ञ डाक्टर यादव भट्टको अनुसार मुटुरोगीहरुले चिल्लो पदार्थ धेरै खानुहुन्। माछा मासु र घिउ नौनी जस्ता चिल्लोपदार्थबाट टाढै रहनुपर्छ। धूमपान, मदिरा र मासु मुटूरोगीको लागी विष नै हो।त्यसै गरी अन्य खानेकुरा खाँदा पनि स्वास्थ्यको ख्याल गर्नुपर्छ।

के खाने त ?

मुटुरोगीले खानामा विशेषगरि रेसादार खानेकुरा र हरिया सागसब्जी खाँदा फाइदा गर्ने डाक्टर भट्टको सुझाव छ। त्यसैगरि उमारिएका गेडागुडी र झोल पदार्थले मुटुरोगीलाई फाइदा गर्छ।

मिर्गौला रोगीले पनि मुटुरोगीजस्तै धेरै खानेकुराहरू त्याग्नुपर्छ। माछा मासु र चिल्लो पदार्थमा  मिर्गौला रोगीहरूले जोड दिएमा मिर्गौला फेल हुन सक्छ। त्यसै गरी अन्य चिल्लो पदार्थ पनि चाडबाडको नाममा धेरै खानु हुन्न।

मुटु रोग विशेषज्ञ ऋषिराज काफ्लेका अनुसार मदिरा मिर्गौला रोगीको लागि विष हो। मदिराले मिर्गौला कमजोर पार्ने काम गर्छ। मदिराको कारण शरीरमा मेटाबोलिजम कम हुन्छ। त्यसैले मदिरा मिर्गौला रोगीको लागि घातक हुन्छ।

त्यसै गरी सुगर प्रेसर, कोलेस्ट्रोल, मधुमेहका बिरामीहरूको लागि पनि दशैँमा प्रयोग हुने खानेकुराहरू घातक हुन्छ।

मधुमेहको बिरामीहरूले चिनीबाट बनेका गुलिया कुराहरू खानुहुन्न। बोसो र चिल्लो युक्त खानेकुराहरू,  माछामासुबाट टाढै रहनुपर्छ। जङ्क फुडहरूले मधुमेहका बिरामीलाई गम्भीर असर गर्छ।

युरिक एसिडका बिरामीहरूले प्रोटिनयुक्त खानेकुरा, मदिरा र रातो मासु खानु हुन्न। युरिक एसिडको जोखिम बढाउन रातो मासुले भूमिका खेल्ने हेल्दी हेल्थ क्लिनिकका फिजिसियन डाक्टर गोपाल मगर बताउँछन्।

कलेजो बिग्रने मुख्य कारण मदिरा मासु र चिल्लो पदार्थले हो । मासु मदिरा र चिल्लो पदार्थ जन्य खाना खान कम गर्ने हो भने कलेजो रोगलाई असर नगर्ने डाक्टर रोशन राउत बताउँछन्। उनी भन्छन्, ‘रक्सीलाई पचाउने कलेजोले हो। धेरै रक्सी खाएपछि कलेजो थाक्छ। कलेजोमा बोसो जम्मा भएर कलेजो बिग्रन्छ। कलेजो बिग्रेपछि शरीर बिग्रन्छ।’

त्यस्तै स्वस्थ मानिस तथा अन्य रोग भएकाहरूले पनि उमेर रोगको प्रकृति र आफ्नो स्वास्थ्य हेरेर खानपानमा ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ।

दीर्घरोगीहरुले के खाने त ?

चिकित्सकहरूको अनुसार सामान्यतया सादा र सुख्खा खाने कुराहरूले दीर्घरोगीहरुलाई असर गर्दैन।

खानामा रेसा र चोकर युक्त खाद्यानको समायोजन हुनु जरुरी छ। सलाद, हरिया सागसब्जी, चोकरयुक्त पिठो, रातो चामल, सग्लै अन्नमा रेसाको मात्रा धेरै हुन्छ। यी खानाले दीर्घरोगीहरुलाई फाइदा गर्छ।

हरिया कलिला मौसमी साग, उमारिएको गेडागुडी वा जमरामा एन्टिअक्सिडेन्टको मात्रा ज्यादा हुन्छ।

एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र हृदयघातपछिको घाउ निको पार्न मुख्य भूमिका खेल्छ। त्यसैले यस्ता खानामा दीर्घरोगीहरुले ध्यान दिनुपर्छ। माछा मासु र चिल्लो पदार्थ दीर्घरोगीहरुको लागि विष जस्तै हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell