PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

घर भित्रमात्र सीमित अमेरिकाको दशैं : बाबु बोगटी



पहिलोपोस्ट

घर भित्रमात्र सीमित अमेरिकाको दशैं : बाबु बोगटी

काठमाडौं : ‘सान्नानी तिमीलाई हिर्कौंला लौरीले ठ्याक्क ठ्याक्क...’ बोलको गीतले गायक बाबु बोगटीलाई चर्चामा ल्यायो।

उनी हिजोआज स्टेज कार्यक्रममा व्यस्त छन्। स्टेज प्रस्तुती दिन उनी देश विदेश घुम्ने गर्छन्।

उनी गायनसँगै फिल्मका अभिनेतासमेत हुन्। उनी अभिनित फिल्म ‘देश खोज्दै जाँदा’ले विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भइरहेको छ। फिल्म ‘बाटोमुनिको फूल’ले उनलाई अभिनेताको रुपमा चिनाएको हो। उनको पछिल्लो फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’ हो।

बिबाह गरेपछि बाबुको बसाई अमेरिका नै भयो। तर, उनी नेपालमा धेरै बस्छन्, कन्सर्टका लागि। अमेरिकामा रहेका बाबुलाई नेपालको दशैं निकै मिस हुन्छ। उनले लगातार तीन वर्ष दशैं अमेरिकामा नै मनाए। दशैंबारे भने, ‘आफन्त र साथी भाइको बीचमा मनाउनु पर्ने चाड। यहाँ अर्काको गाउँमा मनाउँदा अलि खल्लो हुन्छ, यहाँ साथी कम छन्। आफन्त कम। अनि दशैं घरभित्र मात्र।‘

उनलाई नेपालमा दशैं मनाउन मनपर्छ। दशैंको समयमा अमेरिकामा कन्सर्ट आयोजना गर्ने बताए। भने, ‘विशेष यहाँ कन्सर्ट हुन्छ यो समयमा।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell