PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती दर्शन, संरक्षण र पुनःनिर्माण सम्पन्न गर्न सरकारसँग कुरा गर्ने वाचा



राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती दर्शन, संरक्षण र पुनःनिर्माण सम्पन्न गर्न सरकारसँग कुरा गर्ने वाचा
फोटो: रासस

काभ्रेपलाञ्चोक : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा महाअष्टमीका दिन आज पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छिन्। 

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट पूजाअर्चना गरिन्। राष्ट्रपति भएपछि उनले यस मन्दिरमा पूजाअर्चना गरेको यो दोस्रोपटक हो। उनीसँगै नागरिक उड्ययन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी पनि सहभागी थिए। 

सो अवसरमा मन्दिर व्यबस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले मन्दिरको संरक्षण र पुनःनिर्माण सम्पन्न गर्न स्थानीयबाट आएका मागलाई राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए। 

राष्ट्रपति भण्डारीले ‘यस विषयमा म सरकारसँग कुरा गर्छु’ भनिन्। मन्दिर पुनःनिर्माण गर्न पुरातत्व विभागले रु दुई करोड ५२ लाख रुपैयाँ छुट्याएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell