PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पाकिस्तानमा ६ वर्षीया जइनवको बलात्कार गरी हत्या गर्ने अलीलार्इ फाँसी दिइयो



पाकिस्तानमा ६ वर्षीया जइनवको बलात्कार गरी हत्या गर्ने अलीलार्इ फाँसी दिइयो
फोटो :DUNYANEWS

लाहौर: पाकिस्तानमा गत जनवरीमा ६ वर्षीया जइनव अनसारीको बलात्कार गरी हत्या गर्ने इमरान अलीलार्इ जेल भित्रै फाँसी दिइएको छ। लाहौरको कोट लखपत जेलमा फाँसी दिने बेला जइनवका बुवा र नातेदार जेलमै उपस्थित रहेका थिए। 

जनवरी ५ मा वेपत्ता भएकी जइनवको मृत् शरीर पाँच दिनपछि लाहौरदेखि दक्षिणपट्टी रहेको कसुर नगरमा फोहोर फ्याँक्ने स्थानबाट फेला परेको थियो। 

उक्त बलात्कार र हत्याका घटनालार्इ दिएर पाकिस्तान भर व्यापक विरोध प्रदर्शन भएको थियो। दोषी पक्राउ गर्न पाकिस्तानी सेनाले समेत विशेष समूह परिचालन गरेको थियो।  

जनवरी २३ मा पक्राउ गरिएका अलीको डिएनए परीक्षण गरिएको थियो। परीक्षणबाट उनले नै जइनवको हत्या र बलात्कार गरेको पुष्टि भएको थियो। अलीले पनि आफूले गरेको अपराध स्वीकार गरेका थिए।

अदालतले फ्रेबुअरीमा अलीलार्इ मृत्युदण्डको फैसला सुनाएको थियो। अलीले मृत्युदण्ड विरुद्ध अपिल गरेका थिए। तर अदालतले उनको अपिल खारेज गरिदिएको थियो। यस्तै उनले पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीलार्इ आममाफीका लागि निवेदन दिएका थिए। राष्ट्रपतिले उनको निवेदन अस्वीकृत गरेका थियो। 

 फाँसी दिइए पश्चात जइनवका परिवारले न्यायपालिकाले आफ्नी छोरीलार्इ छिटो न्याय दिएकोमा न्यायपालिका र साथ दिने सबैलार्इ धन्यवाद व्यक्त गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell