PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

टर्कीका पत्रकार बेपत्ता हुँदा माइक पोम्पेओ साउदी अरेबियामा, विश्वमा आज



टर्कीका पत्रकार बेपत्ता हुँदा माइक पोम्पेओ साउदी अरेबियामा, विश्वमा आज

खसोग्गी कहाँ छ ?
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ साउदी लेखक एवं पत्रकार जमाल खसोग्गी बेपत्ता भएको बारेमा छलफल गर्न साउदी अरेबिया पुगेका छन्। उनले साउदी राजा सल्मानसँग भेटवार्ता गरेका छन । 

टर्कीको स्तानबुलस्थित साउदी राजदूतावासमा दुई साताअघि प्रवेश गरेका लेखक जमाल खसोग्गी त्यसयता बेपत्ता छन्। विवाद बढ्दै गएपछि टर्कीका अधिकारीहरुले दूतावासभित्र खोजतलास गरेलगत्तै विदेशमन्त्री पोम्पेओ साउदी अरेबिया पुगेका हुन्। 

टर्कीका अधिकारीहरुले खसोग्गीलाई दूतावासभित्रै हत्या गरिएको र त्यहीँभित्र गाडिएको आशंका गरेका छन्। साउदी अरेबियाका अधिकारीहरुले भने टर्कीको आरोप आधारहीन रहेको बताउँदै आएका छन्। । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खसोग्गी बेपत्ता भएको बारे छलफल गर्न विदेशमन्त्री पोम्पेओलाई साउदी अरेबिया पठाएका हुन्। राजा सल्मानसँग भएको कुराकानीलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले “दुष्ट हत्यारा”ले खसोग्गीको हत्या गरेको हुनसक्ने जानकारी दिएका थिए।  

ट्रम्पको उक्त जानकारी सार्वजनिक हुनासाथ विश्वभरबाट साउदी अरेबियाको आलोचना भइरहेको छ। ट्रम्पले राजा सल्मानले खसोग्गीको हत्याबारे आफूलाई बिल्कुलै थाहा नभएको प्रतिक्रिया दिएको बताएका थिए। 

रिक्सामा सवार आठ जनाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरु आठजना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सिन्धको काँधकोट जिल्लाको ताङवानी क्षेत्रमा यात्रु बोकेको रिक्सालाई खुसाल खान खटक एक्सप्रेस ट्रेनले ठक्कर दिएको थियो। दुर्घटनामा रिक्सा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो

मन्त्रिपरिषदमा महिलाको बाहुल्य

इथोयोपियाका प्रधानमन्त्री अबिय अहमदले मन्त्रिपरिषदको आकार साना बनाउने घोषणा गरेका छन्। उनको मन्त्रिपरिषदका आधा सदस्य महिला रहेको जनाइएको छ। बीस सदस्यीय मन्त्रिपरिषदका मुख्य मन्त्रालयहरुमा महिलालाई जिम्मेवारी दिइएको अबियका प्रमुख अधिकृत फिटसम आरिगाले बताए। उनले नयाँ सिर्जना गरिएको शान्ति मन्त्रालयको साथै संघीय प्रहरी र गुप्तचर निकायका मुख्य जिम्मेवारी महिलालाई दिएको बताए। यसअघिको मन्त्रिपरिषदमा २८ जना मन्त्री थिए, जसमा पाँचजना मात्र महिला थिए । 

सात प्रहरी अधिकारीको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा तालिबान आतंककारी र प्रहरी अधिकारीबीच भएको झडपको क्रममा कम्तीमा सात प्रहरी अधिकारीको मृत्यु भएको छ। पेयान जिल्लाका दराइसुफ इलाकामा तालिबान समूहले गरेको एबुम्स आक्रमणमा परी प्रान्तीय प्रहरी उपप्रमुख आवानी तहारी र अन्य छ जना प्रहरी अधिकारीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता पुनिर रहिमीले जानकारी दिएका छन्। यस आक्रमणमा परी अन्य तीन जना प्रहरी अधिकारी घाइते भएका छन् । 

फोटो: AP/AFP/DAILYNEWS/BBC



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell