PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मुटु रोगी र डायबिटिज भएकालाई दशैँमा विकल्प : माछा र माछाको तेल



पहिलोपोस्ट

मुटु रोगी र डायबिटिज भएकालाई दशैँमा विकल्प : माछा र माछाको तेल

चिकित्सकहरु भन्छन्, 'मुटु रोगी र डायबिटिज भएकाहरुलाई मासु बिष समान हो। खाने कुरामा प्रयोग गर्नै तेल त्यस्तै घातक।' तर, दशैको बेला चिल्लो मासु नखाने भन्ने हुँदैन। प्राय सबैको भान्सामा मासु पाकेको हुन्छ।

'मुटु रोगीले के खाने त ?'

चिकित्सकहरु भन्छन्, 'मासुको विकल्प छ। तेलको पनि।'

मुटुको समस्या भोगेका र डाइबेटिज लागेका व्यक्तिहरुले 'फिस ओइल'को प्रयोग गरे 'हर्ट एट्याक' र 'स्ट्रोक'बाट बच्न सकिन्छ। त्यसमा पाइने 'ओमेगा थ्री फ्याटी एसिड'  यस्ता रोगको औषधि हो।

हालै 'क्लिनिकल ट्रायल'का क्रममा गरिएको अनुसन्धानको रिपोर्ट अनुसार 'ट्रिगलिसेरिडे' उच्च रहेको व्यक्ति र 'ब्लड फ्याट' भएकाहरुलार्इ मुटु रोग हुनसक्ने प्रबल सम्भावना रहेको छ। अनुसन्धानकर्ताहरुले 'स्टाटिन्स कोलस्ट्रोल'को मात्रा नियन्त्रणमा रहेका तर 'ट्रिगलिसेरिडे'को मात्रा उच्च रहेको व्यक्तिहरुमाथि यो अनुसन्धान केन्द्रित गरेका थिए। 'स्टाटिन'को प्रयोगसँगै 'फिस ओइल'को सेवन गर्दा कुनै प्रकारको फाइदा भएको प्रमाण नभेटिएका कारण मुटु सम्बन्धी विज्ञहरुले अनुसन्धानबाट खासै धेरै आशा पनि राखेका थिएनन्। 

तर, 'अमेरिकन हर्ट एशोसिएसन'ले ट्रायलबाट 'प्लेसबो'को प्रयोग गरेका व्यक्तिहरुमा 'हर्ट एट्याक, स्ट्रोक र कार्डियक' सम्बन्धी समस्याहरु लाग्ने खतरा २५ प्रतिशतले कम हुने निष्कर्ष निकालेको छ।

जोन होपकिन्स मेडिकल स्कुलका मुटु रोग उपचार केन्द्रका निर्देशक डा माइकल बालाहले भने, 'अनुसन्धानबाट आएको परिणामबाट म धेरै अचम्मित भएको छु। मैले यो विषयमा यति धेरै आशा गरेको थिएन। धेरै मानिसहरु यसका कारण अचम्ममा परेका छन्।'

ट्रायलमा सहभागी नभएका बालाहले भने, 'मुटु रोगबाट बच्न धेरै समय देखि फिस ओइलको प्रयोग गरिदै आएको थियो। त्यसमा ओमेगा थ्री फ्याटी एसिड धेरै मात्रामा हुन्छ। खासगरी इपीए र डीएचए। यसले शरीर सुनिने क्रमलार्इ कम गर्छ र ट्रिगलिसेरिडको मात्रा पनि घटाउँछ। ओमेगा थ्री फ्याटी एसिडमा रगतलार्इ एस्प्रिनले जस्तै पातलो बनाउँछ।'

नयाँ ट्रायलले पुराना अनुसन्धानहरु भन्दा दुर्इ कुरामा फरक छ।
 
पहिलो, यसले मुटु रोग वा डाइबेटिजबाट प्रभावित हुने खास उमेर समूहको अध्ययनमा ध्यान केन्द्रित गरेको छ। ती बिरामीहरुले कोलस्ट्रोल कम गर्ने स्टाटिन्सले प्रयोग गर्थे।

दोस्रो भनेको 'भेस्सेपा'को प्रयोग। 'भेस्सेपा' अरु सामान्य फिस ओइलहरु जस्तै पसल वा सुपर मार्केटहरुमा सजिलै पाइँदैन। 'एमारिन'ले उत्पादन गर्ने 'भेस्सेपा' चिकित्सकहरुले सेवन गर्न दिने एक प्रकारको ड्रग हो जसमा प्रशोधित इपीए हुन्छ।

'फिस ओइल'मा धेरैजसो 'इपीए र डीएचए' हुन्छ। 'इपीए र डीएचए'ले 'ट्रिगलिसेरिड'को मात्रा घटाउँछ। तर 'डीएचएले एलडीएल कोरेस्ट्रोल'लार्इ नकारात्मक रुपमा बृद्धि गर्नेपर्छ।
 
ट्रायलका क्रममा ८ हजार बिरामीहरुलार्इ पाँच वर्षसम्म निगरानी गरिएको थियो। अनुसन्धानकर्ताहरुले त्यस क्रममा ड्रग सामान्य र सुरक्षित भएको पाइएको थियो। 

युनिभर्सिटी अफ क्यालिफोर्नियाका सह प्राध्यापक डा इथन ह्विसिले अनुसन्धानका क्रममा केही सावधानी अपनाउनु पर्ने देखिएको छ। सबै डाटाहरुको अध्ययन गर्दा यसबाट फाइदा पाउनेको संख्या धेरै सिमित रहेको छ।
 
अहिले 'भेस्सेपा'को प्रयोग 'ट्रिगलिसेरिड'को मात्रा उच्च रहेका बिरामीहरुका लागि मात्र प्रयोग गर्न पाइन्छ।

ट्रायलमा सहभागी ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीका निर्देशक डा माइकल स्यापिरोका अनुसार केही शंका लाग्दैमा आतिएर 'फिस ओइल' खानु नपर्ने बताउँदै भन्छन् 'विश्वभर 'स्टाटिन'को प्रयोग गर्ने 'एथेरोस्सिलेरोटिक' रोग वा डाइबेटिज लागेकाहरुमा व्यक्तिहरुमा 'ट्रिगलिसेरिड' उच्च रहेको हुन्छ। यो निकै प्रभावकारी कुरा हो।'
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell