PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विनिता विरुद्ध मानहानीको मुद्दा लगाउँदै क्षतिपूर्तिमा आलोकले मागे भारतीय १ रुपैयाँ



पहिलोपोस्ट

विनिता विरुद्ध मानहानीको मुद्दा लगाउँदै क्षतिपूर्तिमा आलोकले मागे भारतीय १ रुपैयाँ

केही समयअघि अभिनेता नाना पाटेकरलाई तनुश्री दत्तले सेक्सुअल ह्यारेसमेन्टको आरोप लगाइन्। उनले प्रहरीमा नाना विरुद्ध उजुरी समेत गरेकी छिन्। तनुश्रीले मि टु मुभमेन्टमा सहभागी हुँदै पाटेकर विरुद्ध बोल्न थालेपछि बलिउडको माहोल नै परिवर्तन भएको छ।

अन्य अभिनेत्रीले पनि यस विषयमा बोल्न थालेका छन्। अहिलेसम्म  फिल्मकर्मी  सुवास घइ, साजिद खान, करिम मोरानी, आलोक नाथ गायक कैलाश खैरलाई सेक्सुअल ह्यारेसमेन्टको आरोप लागिसकेको छ। सबैले आरोप गलत रहेको बताउँदै आएका छन्।

तर, तनुश्रीले प्रहरीमा उजुरी समेत गरेपछि अन्य अभिनेत्रीहरुले पनि कानुनी प्रकियामा अघि बढेका छन्। आलोकलाई  टिभी सिरियल ‘तारा’को निर्देशक विनिता नन्दाले १९ वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्। तर, आलोकले बलात्कार भएको हुन सक्ने तर आफुलाई त्यसबारे थाहा नभएको बताएका थिए।

हालै आलोकले प्रहरीमा विनिता विरुद्ध मानहानिको मुद्दा लगाउँदै लिखित माफी माग्नुपर्ने माग गरेका छन्। साथै उनले भारतीय १ रुपैयाँ क्षतिपूर्तिको रुपमा माग गरेको हिन्दूस्तान टाइम्समा उल्लेख छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell