PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'जय भोले' चल्दा 'छक्का पञ्जा ३'को सो घट्यो



पहिलोपोस्ट

'जय भोले' चल्दा 'छक्का पञ्जा ३'को सो घट्यो

काठमाडौं :  अशोक शर्मा निर्देशित फिल्म ‘जय भोले’ फुलपातीदेखि प्रदर्शनमा आएको छ। १२ वर्षपछि अशोकले यसै फिल्म मार्फत कमब्याक गरेका हुन्।

फिल्म ‘छक्का पञ्जा ३’सँगै प्रदर्शनमा आउने कुरा थियो। तर पछि दुई पक्षले आपसी समझदारीमा फिल्मको प्रदर्शन मिति जुधाएनन्। ‘छक्का पञ्जा ३’ ले घटस्थापनवको दिन रोज्यो अनि यो फिल्मले फूलपाती। फिल्ममा स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने र बुद्दी तामाङको मुख्य अभिनय छ।

फिल्मका निर्माता समेत रहेका अशोक फिल्मलाई दर्शकले रुचाइदिनेमा आशावादी छन्। फिल्मबारे बोल्दै अभिनेता खगेन्द्रले भने ‘मेरो अगाडिको फिल्म भन्दा यसमा फरक पात्रमा म देखिएको छु। इमान्दारीपूर्वक काम गरेका छौं। फिल्म छक्का पञ्जा ३ पनि चलिरहेको छ।  दुबै फिल्म राम्रो चल्नुपर्छ।'

बुद्दीले भने ‘ फिल्ममा ब्रुस लीको भयंकर फ्यान हुन्छु। फिल्म साथीबीचको मिठो कथा हो। त्यहि साथीबीचको म एक साथी हुँ। फिल्मबाट अपेक्षा छ। हाँस उठ्दो मिठो कथा छ’। फिल्म वल्र्ड र एए ग्रुपको ब्यानर फिल्म बनेको छ। फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन छ।

‘छक्का पञ्जा ३’को भन्दा ‘जय भोले’को सो बढी

जय भोले प्रदर्शनमा आएको दिन मल्टिप्लेक्सहरुमा छक्कापञ्जा ३ को शो घटेको छ। तर अग्रिम बुकिङमा भने छक्कापञ्जाले नै जयभोलेलाई उछिनेको छ। 

‘जय भोले’ले क्यूएफएक्समा मंगलबार १७ सो पाएको छ। त्यस्तै एफक्युबले ७ सो दिएको छ। उता क्यूजले ५ सो,बियसआरले छ, सिने डी सेफले पनि ६ सो फिल्मलाई दिएका छन्।


‘छक्का पञ्जा ३’लाई क्यूएफएक्समा १३ सो, एफक्यबमा ८ सो, सिने डी सेफमा ५ सो, क्यूजमा ७ सो, ,बियसआरमा ६ सो दिइएको छ।


‘जय भोले’ले ४१ सो पाउँदा ‘छक्का पञ्जा ३’को सो घटेर ३९ मात्र पुगेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell