PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

'वनकी चरी' बनिन् अञ्जली अधिकारी



पहिलोपोस्ट

'वनकी चरी' बनिन् अञ्जली अधिकारी

काठमाडौं : फिल्म ‘प्रसाद’ टिमले नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ। यसअघि लिरिकल भिडियो सार्वजनिक गरेको टिमले ‘वनकी चरी’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।

बि.पाण्डेको शब्द, सुवास भुषालको संगीत रहेको गीतमा गायक रुपक डोटेल र अन्जु पन्तको स्वर छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार बिपिन कार्की, निश्चल बस्नेतसँगै मोडल अञ्जली अधिकारी फिचर्ड छन्।

फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्। सुवास थापाको निर्माण रहेको फिल्ममा पत्रकार सुशील पौडेलको पटकथा तथा संवाद रहेका छ। फिल्मले सन्तान सुख नपाउँदा उत्पन्न हुने मानसिक, सामाजिक द्वन्द्वलाई देखाउन खोजेको छ। फिल्म आगामी मंसिर २१ देखि प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell