PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'मि टु मुभमेन्ट'का कारण कलाकारप्रति नकारात्मक बन्दै दर्शक



पहिलोपोस्ट

'मि टु मुभमेन्ट'का कारण कलाकारप्रति नकारात्मक बन्दै दर्शक

‘मि टु मुभमेन्ट’ले बलिउड तातिएको छ। अभिनेता नाना पाटेकर, साजिद खान, करिम मोरानी र आलोक नाथलाई सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेका छन्। यो मुभमेन्टले बलिउड भित्रका नकरात्मक पक्षलाई देखाएको चर्चा चल्न थालेको छ।

नाम चलेका निर्देशक अनि निर्मातामाथि ह्यारेसमेन्टको आरोप लागेपछि सामाजिक सञ्जालमा पनि यसै विषयको चर्चा देख्न सकिन्छ। यही मुभमेन्ट अन्तर्गत हालै गायक  कैलाश खेरलाई पनि सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेको थियो।

भारतिय मिडियाका अनुसार दर्शक पनि उनीहरुप्रति नकरात्मक देखिन्छन्। तर, अधिकांशले फिल्म क्षेत्रको नकरात्मक पक्ष बाहिरिएकोमा खुशी व्यक्त गरेका छन्। दर्शक उनीहरुप्रति नकरात्मक हुन थालेपछि यसले उनीहरुको फिल्म अनि गायनमा कत्तिको असर पर्ला? कोइमोइसँग कत्ति दर्शकले उनीहरुको फिल्म हेर्न छोडिसकेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell