PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिकी दुतावासकी प्रवक्ता एन्डी डीले गाइन् नेपाली गीत



पहिलोपोस्ट

अमेरिकी दुतावासकी प्रवक्ता एन्डी डीले गाइन् नेपाली गीत

काठमाडौं : अमेरिकी दुतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले नेपाली गीत गाएकी छिन्। ‘सिरीमा सिरी’ बोलको गीतमा उनले कभर भिडियो सार्वजनिक गरेकी छिन्।

नारायण गोपाल र ज्ञानु राणाको गीतलाई उनले गाएकी हुन्। उनको स्वरमा नेपाली लवज सुन्निन्छ। तर पनि कता कता शब्दको उच्चारणमा भने उनलाई गाह्रो भएको देखिन्छ।

दूतावास परिवारको नेपाली कला, संस्कृति, र परम्पराप्रतिको माया र सम्मान गीतले देखाउने आशा गरिएको छ।  उनीसँगै सुनिल तुलाधरले पनि गीत गाएका छन्। दशैंको विदामा उनीहरुले यो कभर गीत तयार पारेका हुन्।  भिडियोमा एन्डी डी र सुनिल फिचर्ड छन्।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell