PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गुर्जा हिमाल आरोहणको क्रममा मृत्यु भएका ८ जनाको शव काठमाडौं ल्याइँदै



गुर्जा हिमाल आरोहणको क्रममा मृत्यु भएका ८ जनाको शव काठमाडौं ल्याइँदै

काठमाडौं: गूर्जा हिमाल आरोहणका क्रममा मृत्यु भएकाहरुमध्ये ८ जनाको शव काठमाडौं ल्याउने तयारी भईरहेको छ।

म्याग्दीको धौलागिरी गाउँपालिका १ मा पर्ने हिमाल आरोहणको क्रममा पाँच जना कोरियनसहित चार नेपालीको मृत्यु भएको थियो। मृत्यु भएका सबैको शव अहिले बेस क्याम्पबाट गुर्जा भन्ने गाँउमा ल्याइसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी विरबहादुर बुढाले जानकारी दिए।

म्याग्दी बेनीका स्थानीय नेत्रबहादुर छन्त्यालको भने पोस्टमार्टमको लागि बेनी लगि सकिएको छ। बाँकी ८ जनाको पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको डिएसपी बुढाले जानकारी दिए। काठमाडौंबाट गएका पाँच जना कोरियन र चार जना नेपाली भरिया बेपत्ता भएपछि खोजी गर्दा उनीहरु मृत अवस्थामा फेला परेका थिए।  

घटनामा परी कोरियन नागरिकहरुमा किम चाङ हो, लि जइहुङ, रिम इल जिन, यो यङजिक र जिङ जुन मु र सङ्खुवासभा भोटखोलाका छिरिङ भोटे, देना आङ्जुक भोटे, फुर्पु भोटे र म्याग्दीका नेत्र छन्त्यालको मृत्यु भएको थियो।

काठमाडौँबाट गएको ११ जनाको टोली बिहीवार म्याग्दी पुगेर हिमाल आरोहण सुरु गरेको थियो। टोलीका २ जना सदस्य भने स्वास्थ्य समस्या देखिएको भन्दै फर्किएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell