PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘सिंगापुर साउथ एसियन इन्टरनेश्नल फिल्म फेस्टिभल'मा 'डाइङ क्यान्डल'लाई दुई अवार्ड



पहिलोपोस्ट

‘सिंगापुर साउथ एसियन इन्टरनेश्नल फिल्म फेस्टिभल'मा 'डाइङ क्यान्डल'लाई दुई अवार्ड

काठमाडौं : फिल्म 'डाइङ क्यान्डल'ले ‘सिंगापुर साउथ एसियन इन्टरनेश्नल फिल्म फेस्टिभलमा’ उत्कृष्ट अभिनेत्री र उत्कृष्ट सिनिमेटोग्राफीको अवार्ड जितेको छ। अभिनेत्री सृजना सुब्बाले उत्कृष्ट अभिनेत्री र दीपान्कार सिक्देरले  सिनिमेटोग्राफीको विधामा अवार्ड जितेका हुन्।

नरेश कुमार निर्देशित यस फिल्म यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भइसकेको छ। फिल्मका सम्पादक भुपेन्द्र अधिकारीले यसअघि यसै फिल्मबाट सार्क उत्कृष्ट सम्पादनको अवार्ड जितेका थिए। त्यस्तै पछिल्लो समय यो फिल्म 'एसिया प्यासिफिक फिल्म फेस्टिभल'मा उत्कृष्ट सम्पादन र कस्ट्युम तर्फ मनोनित हुन सफल भएको थियो।

अस्कर फेस्टिभलका जुरी मार्क ब्यासेतले फिल्मबारे भने 'डाइङ क्यान्डल हेर्दा म धेरै पल्ट रोएँ। सम्झन लगायकको प्रस्तुती छ।' नो म्यान ल्याण्ड’को अस्कर बिजेता निर्माता मार्कले भनेका कुरा निर्देशक केसीले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्।  

फिल्ममा सिर्जनासँगै लाक्पा सिंगी तामाङ, विद्या कार्की, केशव राई, सौगात मल्ल र अर्पण थापाको मुख्य भूमिका छ। फिल्मले दिदी र भाइको आत्मीय सम्बन्धलाई चित्रण गरेको छ। हलिउडको क्वीन्स फेस्टिभलमा फिल्मले छायाँकन विधामा उपाधी जितेको थियो। उत्तम केसी, रविन आचार्य र केसी निर्मित फिल्ममा डेल सम्नरको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन छ।





 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell